site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्घाखाँची सिमेन्ट अब ४३ ग्रेडमा, अर्को वर्षभित्र आईपीओ जारी गर्ने तयारी
Sarbottam CementSarbottam Cement

काठमाडाैं । अर्घाखाँची सिमेन्टद्वारा उत्पादन भइरहेको अर्घाखाँची ओपीसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्वारा औपचारिक रूपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री वितरणलाई सधैँ प्राथमिकतामा राख्ने जनाएको छ ।  हालसम्म ३३ ग्रेड सो सहरको मान्यता पाइरहेको उत्पादनलाई ४३ ग्रेडको प्रमाणीकरणले आम उपभोक्तालाई अर्घाखाँचीका उत्पादनहरूको प्रयोग गर्न थप निश्चिन्त बनाउने कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस–५७२ को अवधारणासहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो ।

गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै कम्पनीले  धितोपत्रको सार्वजनिक निष्कासन गर्ने तयारी सुरु गरेको छ ।   

Global Ime bank

२०७५ सालदेखि आफ्नो कुल उत्पादन क्षमतालाई बढाएर प्रतिवर्ष १० लाख टन पुर्‍याएको कम्पनीले लगभग पूर्ण उत्पादन क्षमतामा सञ्चालनमा रहेको छ ।  लकडाउनको बाबजुत पनि गत आर्थिक वर्ष २०७७/७८ मा १८ प्रतिशतले बिक्री बढाउन सफल भएको कम्पनीले जनाएको छ ।

“सर्वसाधारणको लागि सेयर जारी गर्नेगरी अगाडि बढाइरहेका छांँ,” कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले भने “यही मितिमा सार्वजनिक निष्कासन गर्छाैँ भन्ने नभएपनि अर्को आर्थिक वर्षभित्र सर्वसाधारणलाई सेयर जारी गरिसक्ने हिसाबले काम अगाडि बढाइरहेका छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  २२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement