site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एसिडपीडित आरतीलाई प्रदेश सरकारले दियो पाँच लाख, एसिड छ्याप्नेको सजाय निर्धारण हुँदै
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । जनकपुरधामकी एसिडपीडित आरती साहलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बिहीबार मुख्यमन्त्री लालबाबु राउतले पीडित साहलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।

आरतीलाई मुख्यमन्त्री राउतले अस्पतालमै पुगेर आर्थिक सहयोग गर्ने आश्वासन दिएका थिए । घोषणा गरिएको करिब सात महिनापछि सहयोग रकम प्रदान गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश सरकारले आरतीलाई कार्यालय सहयोगीको जागिर दिने यसअघि नै गरिएको घोषणा भने अझै पूरा गरिएको छैन । मुख्य न्यायाधिवक्ताको कार्यालयमा ०७८/७९ को आर्थिक वर्षदेखि जागिर दिने आश्वासन दिइएको छ ।

०७७ कात्तिक २७ गते जनकपुरधाम उपमहानगरपालिका–७ स्थित डेरामा आरती र छोरी रियामाथि उनका श्रीमान् सञ्जीव साहले एसिड छ्यापेका थिए । घटनालगत्तै सञ्जीवलाई प्रहरीले पक्राउ गरेको थियो ।

Global Ime bank

सञ्जीवले निखिल स्टोरबाट एसिड किनेको बयान दिएपछि प्रहरीले स्टोर सञ्चालक नागेन्द्र साहलाई पनि पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मंसिर २४ गते श्रीमतीमाथि एसिड छ्याप्ने सञ्जीव र एसिड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानुनबमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने माग–दाबी गर्दै जिल्ला अदातलतमा मुद्दा दर्ता गराएको थियो ।

गएको साउन २६ गते एसिड छ्याप्ने सञ्जीवलाई जिल्ला अदालतले दोषी ठहर गरेको थियो भने व्यवसायी नागेन्द्रलाई सफाइ दिएको थियो । आज अदालतले एसिड छ्याप्ने कसुर ठहर भएका सञ्जीवको सजाय निर्धारण गर्ने बुझिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement