site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको क्रियाशील विवाद टुंग्याइँदै : प्रतिवेदन बुझाउन दिउँसो २ बजेको समय मागियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन तयार पारेको छ । केन्द्रीय सदस्यता छानबिन समितिले बुझाएको अपूर्ण प्रतिवेदनमा आधारित भएर बाँकी विवाद टुंग्याउन लागिएको हो ।

गएको साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसामद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, केन्द्रीय समितिको निर्णयबाट बनेको कार्यतालिकाभन्दा चार दिनपछि समितिले प्रतिवेदन बुझाउन प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको समय लिएको हो ।

“अहिले पनि काम पुरै टुंगिइसकेको छैन, हामी निरन्तर काममा नै छौँ,” क्रियाशील सदस्यता विवाद समाधान समितिका एक सदस्यले भने, “क्रियाशील सदस्यता विवाद समाधानका नीतिगत निर्णयसँगै छानबिन समितिका सदस्य र कार्यालयका कर्मचारीहरुबाट निर्णयअनुरूपका काम भइरहेका छन् । आजै २ बजे प्रतिवेदन बुझाउन पार्टी सभापति शेरबहादुर देउवासँग समय मागेका छौँ ।”

Global Ime bank

क्रियाशील सदस्यता विवाद टुंग्याउन हतारो भएको भन्दै ती सदस्यले विवाद नटुंग्याउँदासम्म कतै पनि बोल्न नलगाइदिन आग्रह गरे । ती सदस्यका अनुसार आज दिउँसो बालुवाटार पुगेर समितिले देउवालाई प्रतिवेदन हस्तान्तरण गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय