site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश १ : ग्लोबल आईएमई बैंकले उद्योग वाणिज्य महासंघका सदस्यलाई ब्याजमा छुट दिने
Tiktok banner adTiktok banner ad

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ र ग्लोबल आईएमई बैंकबीच बैकिङ सुविधाका विषयमा समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । महासंघका तर्फबाट अध्यक्ष टिकाराज ढकाल र बैंकका तर्फबाट प्रदेश प्रमुख सुवास सापकोटाले हस्ताक्षर गरी समझदारी पत्र एक आपसमा हस्तान्तरण गरेका छन् । 

विशेषगरी बैंकको पहुँच नभएको साना व्यवसायी, नयाँ लगानी गर्ने युवा व्यवसायी, अपांगता भएका व्यक्तिहरू लगायतलाई प्राथमिकतामा राखी बैंकले दिने सेवा सुविधाका सम्बन्धमा सहमति भएको महासंघले जनाएको छ । बैंकले कर्जा र दुवै पक्षीबच कर्जा सुिवधा र अन्य सहुलियत सुविधाहरूमा सम्झौता भएको हो । 

महासंघसँग आबद्ध भएका व्यवसायी सदस्यहरूलाई लिखित सिफारिसको आधारमा चलन चल्तीको ब्याजदरमा ०.५० प्रतिशत प्रिमियम छुट दिन सकिने र यसरी ब्याज दर कायम गर्दा बैंकको बेस रेट मा न्यूनतम १ प्रतिशत प्रिमियम थप गरी हुन आउने ब्याजदर कायम गरिने सम्झौतमा उल्लेख छ । साथै प्रशासनिक सेवा शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गरिनेछ ।

व्यवसायीहरूले लिएको ऋण कर्जा तथा बैंकिङ्ग कारोबार सुविधाको तिर्नु बुझाउनु पर्ने रकम कलम नतिरी नबुझाई शर्त कबुलियतको उल्लंघन गरेमा सो रकम असुल उपर गर्न आवश्यक सहयोग गर्ने, व्यवसायी सदस्यहरूलाई प्रथम पक्ष बैंकबाट प्रदान गरिने सेवाहरूको बारेमा जानकारी गराउन आवश्यक कार्य गर्ने र महासंघले नियमित रुपमा बैंकसंग सहकार्य गर्नको निमित्त सूचनाहरू तथा ग्राहकहरूको विवरण आदान प्रदान सहमति भएको महासंघ १ नम्बर प्रदेशका निर्देशक श्याम भण्डारीले जानकारी दिए । 

सोमबार भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य एवम् प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य एवम् प्रदेश महासंघका सल्लाहकार अविनाश बोहरा, उपाध्यक्ष भीम पौडेललगायत सहभागी थिए । त्यस अववसमरा बैंकका प्रदेश प्रमुख सुवास सापकोटाले प्रदेश नम्बर १ मा रहेका ग्लोबल आईएमई बैंकका सबै शाखाहरूबाट यो सुविधा उपलब्ध गराउने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro