site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाढीपीडितलाई राहत दिने काममा तीव्रता नदिइएकोप्रति प्रचण्डको असन्तुष्टि
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढीपीडितहरुसँगको भेटमा प्रचण्डले सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यो घोषणाअनुसारको कामलाई तीव्रता दिन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपत् संकटग्रस्त जिल्ला त घोषणा गर्‍यो, तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरु तीव्रताका साथ अगाडि बढ्यो कि बढेन भन्दा अझै पनि ती गतिविधिहरु त्यहीअनुसारको तीव्रताका साथ अगाडि बढेको छैन । त्यसैकारण तपाईँहरु प्रधानमन्त्रीसहित सबै नेताहरुलाई ध्यानाकर्षण गराउन आउनुपरेको भन्ने मलाई लाग्दछ,” उनले भने ।

प्रचण्डले सो क्षेत्रका बाढीपीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घच्घच्याउने र उत्प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो पार्टीको तर्फबाट पनि सो क्षेत्रका बाढीपीडितलाई सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

Global Ime bank

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एकपटक मेलम्ची र त्यस वरपरको क्षतिको अवलोकन गर्न चाहेको उनले स्पष्ट पारे ।

प्रचण्डले नेपालमा प्राकृतिक प्रकोप बढदै जानुमा जलवायु परिवर्तनलगायतले पनि भूमिका खेलेको हुन सक्ने भन्दै त्यसलाई न्यूनीकरण गर्ने दिशामा सरकारले संयुक्त राष्ट्रसंघलगायत सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्ने अवस्था आएको बताए । त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने उनको भनाइ थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय