site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेशसभा नै बहिस्कार गरेका लुम्बिनीका मुख्यमन्त्रीले ल्याए अध्यादेशबाट बजेट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बजेट पारित हुन नसक्ने स्पष्ट भएपछि प्रदेशसभा बैठक नै बहिस्कार गरेको लुम्बिनी सरकारले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको छ ।

गएराति अबेर संसद् अधिवेशन अन्त्य गरेको सरकारले अहिले बिहान अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले असार १ मा ल्याएको बजेट बिहीबार पारित गर्ने तयारी गरिएको थियो ।

लुम्बिनी प्रदेशसभामा सभामुखले बजेट पारितको प्रक्रियामा लैजान खोजेपछि सत्तापक्षले छलफलका लागि थप समय माग गरेको थियो ।

Global Ime bank

तर विपक्षमा रहेका दलहरुले प्रक्रियामा लैजान दबाब दिएपछि मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा रहेका सबै मन्त्रीलाई बाहिर निस्कन संकेत गर्दै आफू  पनि बाहिरिएका थिए ।

सत्तापक्षले नै बहिस्कार गरेपछि सूचना टाँस गरेर स्थगित गरिएको प्रदेशसभा बैठक मध्यराति अन्त्य गरिएको थियो ।

प्रदेशसभा बैठक अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउनु परेको त्यहाँको सरकारले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय