site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
देउवा सरकारले नयाँ बजेट ल्याउने संकेत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नयाँ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नयाँ बजेट ल्याउने संकेत गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँणले यस्तो संकेत गरेका हुन् ।

बुधबार पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले अदालतले समेत बजेटका विषयमा बोलेकाले छलफल गरेर अगाडि बढ्ने बताए । “बजेटका विषयमा अदालतले समेत बोलेको छ । के कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी छलफल गर्छौैं । नयाँ सरकारको आफ्नो योजना पनि हुन्छ” उनले भने ।

यस्तै, गृहमन्त्री खाँणले पनि पदभार ग्रहण गर्दै आर्थिक वर्ष २०७८/८९ को बजेट कार्यान्वयनको सम्बन्धमा विज्ञहरुसँग छलफल गरेर निर्णय लिने बताए । बजेटको अध्ययन गरी संवैधानिक र कानुनी अवस्थालाई ध्यानमा राखेर निर्णय लिइने उनले बताए । “विज्ञहरुसँग यसका विषयमा छलफल गर्छौँ, प्रशासकहरुसँग सल्लाह गर्छौँ र त्यसको सीमा, कानुनी प्रक्रिया, संवैधानिक प्रक्रियाको अध्ययन गरेर संवैधानिक, कानुनी र अहिलेको वस्तुस्थितिलाई ध्यानमा राखेरै हामी निर्णय लिन्छौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement