site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
एमाले फुटको सम्भावना टर्‍यो
Sarbottam CementSarbottam Cement

नेकपा एमालेले असार १६ गते दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आह्वान गरेको छ । त्यस बैठकले माधवकुमार नेपाल समूहको माग सम्बोधन गर्ने तयारी गरेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरू बताउँछन् ।


त्यस बैठकले जेठ २ मा फर्कने आधार खडा गर्ने र एकताका लागि पुनः आह्वान गर्ने तयारी गरिरहँदा नेपाल समूहका नेता योगेश भट्टराई पनि सात दिनभित्र पार्टी एकताको दिशामा अघि बढ्ने बताउँछन् ।


त्यसो त, एमालेभित्र विशेषतः ओली समूहमै नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि पार्टी एक राख्नुपर्ने आवाज उठ्न थालेको छ । पृथ्वी सुब्बा गुरूङले त आइतबारको बैठकमै यो कुरा प्रवेश गराए ।

Prabhu Bank
Agni Group
NIC Asia


तर, योगेश भट्टराई ओलीसँग पदको ‘बार्गेनिङ’ गर्न नहुने मत राख्छन् । नेपाल स्वयम्ले पनि यस प्रस्तावप्रति रुचि देखाएका छैनन् ।


नेता भट्टराईसँग पार्टी एकताका लागि दोस्रो तहका नेताहरूले गरिरहेका प्रयासबारे बाह्रखरीका अक्षर काका र कुञ्जरमणि भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :–

Global Ime bank


एमाले एकताबद्ध तुल्याउन दोस्रो पुस्ताका नेताहरू लामो समयदेखि छलफल, विमर्शमा हुनुहुन्छ, पार्टी एक हुने सम्भावना बढ्दै छ कि, यहाँहरू निरर्थक प्रयासमा हुनुहुन्छ ?

यहाँहरूलाई थाहा छ, पुस ५ गते एउटा परिघटना भयो, प्रतिनिधिसभा विघटित हुन पुग्यो र फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलगअलग अस्तित्वमा फर्काइदियो, त्यो बेलाको परिस्थिति पार्टी विभाजनकै थियो । दुवैतिर विभाजनकै विचार बलशाली बन्दै आइरहेको थियो । सँगै बस्न सकिँदैन, आ–आफ्नो बाटो लाग्ने हो भन्ने भन्ने विचार, दृष्टिकोण नै बलियो थियो । 

तर, त्यसबेला पनि दुवैतिर पार्टी एकतातिर नै फर्कनुपर्छ भन्ने विचार पनि नभएका होइनन् । तर, त्यो विचार सुषुप्त थियो, कमजोर हैसियतमा थियो ।

आज केपी ओलीतर्फ पनि विभाजनले ज्यादा क्षति पुर्‍याउँछ, एकतातिरै फर्किऊँ भन्ने मत प्रभावकारी ढङ्गले प्रस्तुत भइरहेको हामीले महसुस गरेका छौँ ।

तर, त्यसपछि परिस्थिति जुन ढङ्गबाट विकास हुँदै आयो, दुवै समूहमा विभाजनभन्दा एकतातिर अग्रसर हुनुपर्छ भन्ने मत थपिँदै गयो । विचार बलियो हुँदै गयो ।

आज केपी ओलीतर्फ पनि विभाजनले ज्यादा क्षति पुर्‍याउँछ, एकतातिरै फर्किऊँ भन्ने मत प्रभावकारी ढङ्गले प्रस्तुत भइरहेको हामीले महसुस गरेका छौँ । माधवकुमार नेपालको पक्षमा पनि विभाजनभन्दा एकतातिरै फर्कनुपर्छ भन्ने मत प्रभावकारी ढङ्गले अघि बढिराखेको छ ।

यसको ठोस उपलब्धी के भएको छ भन्दा, स्वयम् माधव नेपाल र केपी ओलीका बीचमा पनि भौतिक उपस्थितिमा छलफल भयो र एकता नै हाम्रो प्रधान र यतिबेलाको मुख्य कार्यभार हो, त्यसो हुँदा हामीचाहिँ एकताको पक्षमा फर्कनुपर्छ भन्ने दुवैलाई लाग्यो । 

यसबीचमा दुवैको सहमति, उपस्थितिमा दस सदस्यीय कार्यदल बन्यो । त्यो कार्यदलले औपचारिक, अनौपचारिक ढङ्गले एकता समस्या के हुन् ? गाँठो कसरी फुकाउने भनेर छलफल गरिरहेको छ । पछिल्लो दिनमा मूर्त उपलब्धीको दिशामा छ । यद्यपि परिणाममा नपु¥याउँदासम्म यसै भन्न सकिन्न । 

आजको दिनमा एमालेका दुवै समूहमा एकतातिर प्रवृत्त हुनुपर्छ भन्ने चिन्तन हाबी भएकाले विभाजनको परिस्थिति टर्दै गएको र एकताको वातावरण बन्दै गएको महसुस मैले गरेको छु ।


यहाँले कार्यदलले काम गरिरहेको छ, विभाजन टर्दै गएको छ भन्नुभयो । तर, अध्यक्ष केपी ओली समूहबाट त कार्यदल निष्क्रिय अवस्थामा छ भनेर सार्वजनिक कार्यक्रममै भन्नुभएको छ  । अर्कोतिर कार्यदलका संयोजक भीम रावललाई कारबाही पनि गरिएको छ । यस्तो अवस्थामा कार्यदलको निचोडको स्वीकारोक्ति कति होला ?

मैले अघि नै भनेँ त, दुवै समूहमा एकताको प्रवृत्ति पनि छ, विभाजनको मत पनि छ । एकताको प्रवृत्तिचाहिँ ज्यादा प्रभावकारी छ । त्यसको मतलव के हो भने, दुवैतिरका मानिसहरूले सार्वजनिक अभिव्यक्तिमा आफ्नो सुविधाको, आफूलाई पायक पर्नेगरी मत दिइरहेका छन् । त्यसलाई मुख्य र आधिकारिक मान्नु हुँदैन ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ २३ गते ६ बुँदे एकता आह्वान पत्र सार्वजनिक गर्नुभयो, त्यसमा उहाँले केही आधार–शर्त अघि सार्नुभएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ २३ गते ६ बुँदे एकता आह्वान पत्र सार्वजनिक गर्नुभयो, त्यसमा उहाँले केही आधार–शर्त अघि सार्नुभएको छ ।

र, बाँकी भएका सङ्गठनात्मक विषयहरूलाई कार्यदलको माध्यममबाट समाधान गरिनेछ भन्नुभएको छ । त्यसको आधारमा हामी के बुझ्छौँ भने कार्यदल अहिले पनि कायम छ ।


केपी ओलीले कार्यदलको अस्तित्व स्वीकार्नु भएको छ भन्न खोज्नुभएको हो ?

हो, उहाँले स्वीकार्नु भएको छ । यसमा म थप्न चाहन्छु, माधवकुमार नेपाल समूहका तर्फबाट पनि औपचारिक ढङ्गले कार्यदल भङ्ग भयो भन्ने घोषणा भएको छैन ।

जो नेताहरूलाई कार्यदलमा खटाइएको छ, उहाँहरू अनौपचारिक ढङ्गले विभिन्न चरणमा छलफलमा बस्नुभएको छ । त्यो अनौपचारिक बसाइले टुङ्गोमा पुर्‍याउँछ, त्यसमा माधव नेपाल पनि केपी ओली पनि सहमत हुनुहुन्छ, त्यसपछि अहिले बनेको कार्यदलले त्यसलाई औपचारिकता दिन्छ । पार्टी स्थायी कमिटीमा कार्यदलको माध्यमबाट त्यसलाई प्रस्तुत गर्ने र त्यसलाई निर्णयार्थ टुङ्याउने प्रक्रियामा अघि बढ्छ ।


यहाँ कहिले समिट होटल, कहिले याक एण्ड यतिमा बसिराख्नुभएको छ । छलफल गरिराख्नुभएकै छ । तर, विवाद साँघुरिएको छैन । दुवै पक्ष आ–आफ्नो अडानमा यथावत् देखिन्छन् । नमिलेका विषयचाहिँ के–के हुन् ?

सुरुका दिनमा हामी आरोप–प्रत्यारोपमा ज्यादा समय खर्च गर्‍यौँ । एक किसिमले भन्ने हो भने त्यतिबेला ओली र माधव नेपाल समूहमा आत्मभर्त्सनाको समय थियो । एक अर्काका विरूद्ध गालीगलौज गर्ने । भर्त्सना गर्ने । एकदमै निषेधको वक्तव्य दिने । यो अवस्थाबाट निकैसमय गुज्रियौँ हामी ।

पछि यो कुरा गलत छ भनेर दुवैतर्फ आत्मसमीक्षा भयो, स्वीकारोक्ति भयो । एकतातिर फर्कने परिस्थिति बनेपछि कार्यदलको तहमा एजेन्डालाई अगाडि राखेर अगाडि छलफल भइराखेको छ । एजेन्डा अगाडि राख्दादेखि आजको दिनमा एकताका निम्ति एउटै विषय छ, पार्टी एकताको सङ्गठनात्मक आधार के हो त ? केलाई प्रस्थानविन्दु मान्ने ।

केपी ओलीले नेकपा एमालेको नवौँ महाधिवेशनपछि बनेका कमिटीहरूलाई अमान्य घोषणा गर्दै नयाँ कमिटीबाट विस्थापित गर्नुभयो ।

अधिवेशनबाट निर्वाचित भएर आएका कमिटीलाई भङ्ग गर्नुभयो र आफ्नो अनुकूलता हुने कमिटी बनाउनुभयो । नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भङ्ग गर्नुभयो र महाधिवेशन आयोजक कमिटी बनाउनुभयो ।

नवौँ महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरूलाई हटाउनुभयो आफ्नो अनुकूलताका आधारमा मनोमानी ढङ्गले स्थायी कमिटी बनाउनु भयो ।

अर्कोतिर माधवकुमार नेपाल समूहबाट पनि जुन ठाउँमा आफ्नो अनुकूल कमिटी थियो, अधिवेशनबाट आएका, त्यसलाई यथावत् राखियो ।

अनुकूल नभएका ठाउँमा आफ्ना कमिटी बनाउने काम भयो । केही ठाउँमा केपी ओलीका तर्फबाट समानान्तर कमिटी बने । केही ठाउँमा माधव नेपाल पक्षबाट समानान्तर कमिटी बने । साङ्गठनिक हिसाबले एककिसिमको अराजकता,  गञ्जागोलको अवस्थाबाट हामी गुज्रिएका हौँ । छौँ ।

तर, एमालेको एकताको आधार मेरो चाहनाबाट या अरू कसैको चाहनाको आँखाबाट खोज्ने होइन । एमालेको वैधानिक व्यवस्था के हो ? एमालेको वैधानिक व्यवस्था त पार्टीको नवौँ महाधिवेशन भयो, त्यहाँबाट बनेको कमिटी हो । नवौँ महाधिवेशनले केपी ओलीलाई अध्यक्षमा निर्वाचित गर्‍यो, त्यो एमालेको वैधानिक व्यवस्था हो । झलनाथ खनाल, माधवकुमार नेपाल वरिष्ठ नेता त्यो पनि वैधानिक व्यवस्था ।

यसको मतलव २०७५ साल जेठ २ को अवस्था, माओवादी केन्द्रसँग पार्टी एकता गर्नुको अघिल्लो दिन हामी जुन अवस्थामा थियौँ, त्यो अवस्थामा कायम हुनु नै एमालेको एकताको आधार हो ।

जिल्लाजिल्लामा अधिवेशन भएर कमिटी बने त्यो पनि वैधानिक यथार्थता हो । जनसंगठनको अवस्था पनि त्योभन्दा भिन्न होइन । अतः एमालेमा व्यक्तिको आग्रहलाई हेर्ने होइन, वैधानिक व्यवस्था स्वीकार गर्ने नै एकताको प्रस्थानविन्दु हो भनेर हामीले सुरुदेखि नै भन्दै आएका छौँ ।

यसको मतलव २०७५ साल जेठ २ को अवस्था, माओवादी केन्द्रसँग पार्टी एकता गर्नुको अघिल्लो दिन हामी जुन अवस्थामा थियौँ, त्यो अवस्थामा कायम हुनु नै एमालेको एकताको आधार हो ।

आजको दिनमा आउँदा दुवै समूहमा यो कुराको स्वीकारोक्ति देखिन्छ । जेठ २ मा फर्कने कुरालाई स्वीकार गर्ने कुरामा कञ्जुस्याइँ देखिँदैन । २०७५ साल जेठ २ को अवस्थामा उभिँदा हामीले अरू केही कुरालाई हल गर्नुपर्छ, सङ्गठनात्मक हिसाबले ।

जस्तो, माओवादी केन्द्रसँग एकता गर्दा एमालेका तर्फबाट थपिएका ४१ जना केन्द्रीय सदस्यहरूको समायोजन गर्ने कुरा, एकताकै बेला थपिएका ४ जना स्थायी कमिटी सदस्यहरूको समायोजनको प्रश्न र फागुन २३ को सर्वोच्चको फैसलापछि पूर्वमाओवादी केन्द्रबाट एमालेमा समाहित हुनुभएका २३ जना नेताहरूको सम्मानजनक व्यवस्थापन गर्ने कुरा हाम्रो साझा एजेन्डा हो ।

यो केपी ओलीको मात्रै एजेन्डा होइन, माधव नेपालको पनि हो । जेठ २ गतेको कमिटीलाई केपी ओलीले स्वीकार गर्नुपर्छ । थपिएका ४१ जना केन्द्रीय कमिटी सदस्य, ४ जना स्थायी कमिटी सदस्य र माओवादी केन्द्रबाट रहेका २३ जनालाई सम्मानजनक व्यवस्थापन गर्ने कुरा नेता नेपालले स्वीकार गर्नुपर्छ । यो दुईवटा कुराको स्वीकारोक्तिको नजिक छौँ हामी ।


भनेको जेठ ३ मा फर्कने ?

यो भनेको पनि जेठ २ कै सेरोफेरो त हो नि । कहीँ अवतरित भएको तपाईंको प्लेनको गन्तव्य कहाँ हो त ? टेकअफ गर्नेबेलामा त्यसले आफ्नो दिशा तय गर्छ नि ! जेठ २ गतेमा हामी अवतरित छौँ ।

टेक अफ् गर्दा हामी जेठ ३ गतेमा जान्छौँ । अथवा यसो भनौँ, हामी जेठ २ गतेबाट प्रविष्ट हुन्छौँ, जेठ ३ गतेबाट निस्कन्छौँ । 

अहिलेको हल यही हो ।


यो कुरामा माधवकुमार नेपाल सहमत हुनुहोला ?

पार्टीको सङ्गठनात्मक व्यवस्थापन केपी ओलीको मात्रै एकल दायित्व हो र ? उहाँको मात्रै टाउको दुखाइको विषय हो र ? यो माधव नेपालको पनि दायित्व हो । मैले अघि नै भनेँ, यो त साझा एजेन्डा हो ।

केन्द्रीय कमिटीमा ४१ जना थपिए, ती कति माधव नेपाललाई समर्थन गर्ने होलान्, कति केपी ओलीलाई । हिजो त उहाँहरूको सहमतिमा थपिएको हो ।

सवाल के हो भने, अब त्यसलाई वैज्ञानिक, विधिसम्मत प्रबन्धमार्फत् कसरी व्यवस्थापन गर्ने भन्ने हो । त्यो भनेको विधानसङ्गत ढङ्गले, भाषा मिलाएर उहाँहरूलाई त्यही कमिटीमा अटाउनुपर्छ  ।

अब उहाँहरूलाई बाटामा बिजोग छाड्न त मिलेन नि । त्यस्तै, स्थायी कमिटीमा ४ जना थपिँदा केपी ओली र माधवकुमार नेपाल लपक्कै मिल्नु नै भएको थियो । र त, दुई–दुई जना थपिए । अब ती साथीहरूलाई बाटामा त्यत्तिकै छाडेर केपी ओली पनि जान मिल्दैन, माधव नेपाल पनि जान मिल्दैन ।

सवाल के हो भने, अब त्यसलाई वैज्ञानिक, विधिसम्मत प्रबन्धमार्फत् कसरी व्यवस्थापन गर्ने भन्ने हो । त्यो भनेको विधानसङ्गत ढङ्गले, भाषा मिलाएर उहाँहरूलाई त्यही कमिटीमा अटाउनुपर्छ  ।

भोलि नेपाली काङ्ग्रेसबाट रामबहादुर थापा तहको नेता एमालेमा प्रवेश गर्नु होला । माधवकुमार नेपालले नै टीका लगाएर पार्टीमा भित्र्याउनुहोला ।

केपी ओलीले माधव नेपालले ल्याउनु भएको हो म किन एडजस्ट (समायोजन) गर्छु भन्न मिल्छ ? मिल्दैन । अथवा केपी ओलीले नै स्वागत गर्नुभयो । माधव नेपालले ‘तपाईंले केपी ओलीको हातबाट टीका लगाउनुभयो’ म मान्दिन भन्न मिल्छ त ? अतः यो त साझा कुरा हो ।

माओवादी केन्द्रबाट रहेका साथीहरूको व्यवस्था पनि त्यति ठूलो विषय होइन । 

हिजो कुनैबेला प्रतिष्ठाको विषय बनाइयो होला । जुँगाको लडाइँजस्तो थियो । केपी ओलीले कहाँ म जेठ २ मा फर्कन्छु भन्नुभएको थियो । म पनि किन पछाडि हट्छु भनेर माधव नेपालले अडान प्रस्तुत गर्नुभएको थियो । एकता चाहने हो भने त दुई कदम पछाडि हट्नै पर्छ । मेरो भनाइ केपी ओली मात्रै होइन, माधव नेपाल पनि पछाडि हट्नै पर्छ । 

अदालतमा संसद् विघटनसम्बन्धी मुद्दा विचाराधीन छ । अदालतको पछिल्लो पोजिसन हेर्दा संसद् पुनःस्थापनाको दिशातिरै अघि बढेको हो कि भन्ने पनि देखिन्छ । त्यसैले एमालेको मत एकठाउँमा हुने अवस्था बनाउन ओली लचिलो बनेका हुन् । माधव नेपाल पक्षको मतको उपादेयता सकिनेबित्तिकै उनी फेरि निर्मम हुन्छन् भन्ने आशङ्का पनि छ नि !

म २ महिनाअगाडिको, ६ महिनाअघिको केपी ओलीको कुरा गरिरहेको छैन । आजको दिनको केपी ओलीको कुरा गरिरहेको छु । म ६ महिनाअघिको माधव नेपालको पनि कुरा गरिरहेको छैन ।

म आजको परिस्थितिमा उभिएका नेता नेपालको पनि कुरा गरिरहेको छु । यो बीचमा धेरै पानी बग्यो । वस्तुगत अवस्था बदलियो । मनोगत आग्रहहरू रहन सक्छन्, पार्टी अर्को बनाऊँ, आफूले भनेका मानिसहरू मात्रै राखौँ, आफ्नो अनुशासनमा चल्ने पार्टी बनाऔँ भन्ने हुनसक्छ । केपी ओलीलाई पनि लागेको हुनसक्छ, माधव नेपाललाई पनि लागेको हुनसक्छ ।

मुलुकको प्रजातन्त्र, प्रजातान्त्रिक अभ्यास जोडिएको छ  । एमालेसँग यहाँको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता जोडिएको छ । एमालेसँग राष्ट्रियता र जनजीविकाको सवाल र सिंगो मुलुकको सवाल जोडिएको छ भने एमाले कसरी फुट्न मिल्छ ? यो आजको परिस्थिति, वस्तुगत अवस्था हो ।

तर, यो उहाँहरूको नितान्त मनोगत आग्रहबाहेक अरू केही पनि होइन । वस्तुगत अवस्था त यो छ कि, एमाले फुट्नै मिल्दैन । यसकारण कि, एमालेसँग संविधान जोडिएको छ ।

मुलुकको प्रजातन्त्र, प्रजातान्त्रिक अभ्यास जोडिएको छ  । एमालेसँग यहाँको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता जोडिएको छ । एमालेसँग राष्ट्रियता र जनजीविकाको सवाल र सिंगो मुलुकको सवाल जोडिएको छ भने एमाले कसरी फुट्न मिल्छ ? यो आजको परिस्थिति, वस्तुगत अवस्था हो ।

यो वस्तुगत यथार्थताले एमालेको उपादेयतालाई बचाएर राखेको छ । विभाजित एमालेले यो यथार्थतालाई थाम्न, थेग्न सक्दैन । विभक्त एमालेले न लोकतान्त्रिक प्रक्रियालाई वहन गर्न सक्छ, न राष्ट्रियता जोगाउन नै सक्छ ।

न संविधानको रक्षा गर्न सक्छ, न त मध्यम वर्ग र तल्लो वर्गको हितको रक्षा नै गर्न सक्छ । त्यसकारण म भन्छु, मूलधारका पार्टीहरू मूलतः कम्युनिस्ट पार्टी र काङ्ग्रेस पार्टी नै हुन् । ध्रुवीकरण त्यही दिशातिर छ ।

त्यो हुनु अनिवार्य पनि छ । यी दुई विचारधारा बोेकेका पार्टीहरूको आन्तरिक जीवन बढीभन्दा बढी लोकतान्त्रिक हुनुपर्छ । पारदर्शी हुनुपर्छ । तर, यी दुईवटा पार्टी विभाजित हुन मिल्दैन । आफ्नो–आफ्नो ठाउँमा बलियो उपस्थिति देखाउनुपर्छ । तब मात्र आम जनतामा विश्वसनीयता आर्जन हुन्छ । र, हामीले सही दिशा समात्न सक्छौँ ।


माधवकुमार नेपालसहित केही नेता एमालेमा फर्कने ठाउँ छ त ? उहाँहरूले त नौ पटक पार्टीको निर्देशन, विधि अवज्ञा गरिसक्नुभयो !

यो बीचमा अध्यक्ष केपी ओलीको तर्फबाट एकलौटी र मनोमानी केही निर्णय भए । त्यसको प्रतिक्रियास्वरूप माधव नेपालले पनि केही निर्णय गर्नुभयो । केही घटना घटे । मलाई लाग्छ, एमालेको वृहत एकताको डालोभित्र त्यसलाई हेर्नुपर्छ ।

अलगअलग घटनामात्रै हेर्नुभयो भने केपी ओलीले निर्णय गरेको, मनोनयन गरेको, एकलौटी मन्त्री बनाएको, पार्टी नै कब्जा गरेको देखिन्छ । गल्तीका एक, दुई, तीन शृङ्खला छन् ।

अर्कातिर माधव नेपालका पनि कमजोरी छन् । अलग्गै गतिविधि गरेको, संसद्मा भोट हाल्न नगएको, राष्ट्रियसभामा अर्कोलाई मत हालेको, हुँदाहुँदा प्रधानमन्त्रीमा अर्कालाई समर्थन गरेको, यी सबै घटनाक्रम उहाँका पनि कमजोरीका शृङ्खला हुन् ।

तर, यी दुवै घटना स्वतन्त्र छैनन् । यी दुवै घटना एकअर्कासँग सम्बन्धित छन् । केपी ओलीले यो–यो गल्ती नगरेको भए माधव नेपालले प्रतिक्रियास्वरूप यो–यो गल्ती गर्नुहुन्नथ्यो कि ।

अर्कातिर माधव नेपालका पनि कमजोरी छन् । अलग्गै गतिविधि गरेको, संसद्मा भोट हाल्न नगएको, राष्ट्रियसभामा अर्कोलाई मत हालेको, हुँदाहुँदा प्रधानमन्त्रीमा अर्कालाई समर्थन गरेको, यी सबै घटनाक्रम उहाँका पनि कमजोरीका शृङ्खला हुन् ।

माधव नेपालको तर्फले यो–यो कदम नउठाएको भए केपी ओली त्यसरी अगाडि बढ्नुहुन्थेन कि । अतः यी दुवै शृङ्खला एकअर्कासँग सम्बन्धित छन् । अब हामी वृहत एकतातिर अगाडि बढ्छौँ भने हामीले यी घटनालाई समीक्षाको विषय बनाउनुपर्छ । भोलि कुनै बेला गरौँला पनि ।

मेरो भनाइ छ, माधव नेपाल र केपी ओलीलाई एक महिनाको विपश्यना कोर्षमा पठाउनुपर्छ । ध्यान, प्राणायमतिर पठाउनुपर्छ । त्यहाँबाट निस्किएर आउँदा यी सबै घटनाक्रमहरूको आत्मसमीक्षा गरेर, मनलाई पखालेर, चङ्गा भएर उहाँहरू एकताबद्ध एमाले लिएर अघि बढ्नुपर्छ । त्यो एमालेको खोजी अहिले मैले गरिरहेको छु ।


माधव नेपाल त विपश्यना गएर मन चङ्गा बनाउने होइन, दिनहुँ बूढानीलकण्ठ गएर गठबन्धन कसिलो बनाउने दिशामा हुनुहुन्छ ?

बूढानीलकण्ठमा शेरबहादुर देउवाजीमात्रै हुनुहुन्न । बूढानीलकण्ठ विष्णु भगवान् पनि हुनुहुन्छ । बूढानीलकण्ठभन्दा अलिक मास्तिर गइयो भने त्यहाँ विपश्यना केन्द्र छ । 

बूढानीलकण्ठको दिशामा माधव नेपाल जानुभयो, गाडी हुइँकियो भन्नेबित्तिकै शेरबहादुरकै कम्पाउण्डमा गाडी पस्छ भन्ने छैन, त्यहाँ अरू पनि ठाउँ छन् । पार्टी एकताको दिशामा जानेबित्तिकै माधव नेपालको गाडी अवश्य त्यता मोडिन्छ ।

पुस ५ मा संसद् विघटन गर्दा तत्कालीन नेकपा अध्यक्ष केपी ओलीविरुद्ध संघर्षका जेहादी छेड्नुभयो । उहाँविरुद्ध निन्दा भर्त्सना गर्नुभयो । साक्षी हामी नै हौँ । आज केपी ओली सुध्रिएर आउनुभयो र एकताको महसुस गर्नुभयो ?

हामीले सम्पूर्णतामा एकता खोज्नु हुँदैन । ‘मुख्य कुरा’ को एकता हो । मुख्य प्रवृत्तिबीचको एकता हो । हामीले के बिर्सनुहुँदैन भने, एकताभित्र सङ्घर्ष पनि हुन्छ । तर त्यो सङ्घर्ष निषेधका लागि हुन्छ कि, रूपान्तरणका लागि हुन्छ भन्ने कुरा चाहिँ ख्याल गर्नुपर्छ । 
केपी ओलीले हामीसँग गरेको सङ्घर्ष हामीलाई रूपान्तरण गर्न हुनुपर्छ ।

हामीले केपी ओलीसँग गरेको सङ्घर्ष केपी ओलीलाई रूपान्तरण गर्नका निम्ति हुनुपर्छ । एउटै पार्टीमा बसेर हामी एक–अर्कालाई माझ्छौँ, घर्षणको प्रक्रिया हुन्छ, त्यस प्रक्रियामा केपी ओली पनि रूपान्तरित हुँदै जानुहुन्छ र माधव नेपालको समूह पनि रूपान्तरित हुँदै जान्छ । अझै यो भन्दा उत्कृष्ट एमाले भन्छ ।

तर, केपी ओलीको चरित्रले त यो कुराका खण्डन गर्छ । उहाँ रूपान्तरित हुन चाहनुहन्छ र ?

हिजोको कुरा हो त्यो । अहिले उहाँ त्यसमा अडिन सक्नुहुन्न ।

आज पनि त्यही प्रवृत्तिलाई दोहोर्‍याइरहनुभएको छ त ?

त्यो प्रवृत्तिले चलेन नि । नचल्ने भएर नै उहाँ एकतातिर मुख फर्काउनु भयो नि । जुन बाटो लिनुभयो, त्यसले उहाँको सत्यनास गरिरहेको छ । 
उहाँ हिँडेको बाटो सफल त भएन । उहाँले त बेरोकतोक अघि बढ्छु ठान्नुभएको हुँदो हो । उहाँले यो कुरा बिर्सनु हुँदैन कि, लोकतान्त्रिक, प्रजातान्त्रिक मुलुकमा नियन्त्रण र सन्तुलन हुन्छ ।

कोही बादशाह निस्कन पाउँदैन । फुकीफुकी पाइला चाल्नुपर्छ । प्रत्येक ठाउँमा डिभाइडर छन्, तपाईंको गाडी त्यहाँ गुडिरहेको छ । सीमाहरू छन् । अदालत छ । 
संसद् छ । आ–आफ्ना काम, कर्तव्य छन् । तपाईं एक्लो वीर बनेर दौडन खोज्नुभयो भने कहीँ न कहीँ त गेट लाग्छ नि । त्यहाँबाट तपाईं ‘यु टर्न’ हुनुपर्छ । उहाँले सोच्नुभएको थियो नि, आफूले भनेका २५ जना मन्त्री राखेर अब म ढुक्कसँग चुनावमा जान्छु, गएँ । मेरा सारथि यी हुन्, यिनले काम गर्छन् भन्ने ठान्नुभएको थियो । 

तर, आज उहाँसहित ५ जनामा सीमित हुनुपर्‍यो । उहाँले भनेको त भएन नि । माधव नेपालले पनि एक सेकेन्ड पनि केपी ओलीलाई प्रधानमन्त्रीमा राख्नुहुन्न भन्ठान्नुभएको थियो होला ।

तर, प्रधानमन्त्री त केपी ओली नै कायम हुनुहुन्छ । हटाउन त सक्नुभएको छैन । माधव नेपालले चाहँदैमा भएन । केपी ओलीले चाहँदा पनि भएन । प्रजातन्त्रको सौन्दर्य यो हो नि !

तर, प्रजातन्त्रको सौन्दर्य यो पनि हो कि, हरबखत तपाईं सहकार्यबाट पर हुनसक्नुहुन्न । संसद्बाट प्रतिपक्षीसँग सहकार्य गर्नुपर्छ । आफ्नो पार्टीभित्र फरक मत राख्नेसँग, विचार बोक्नेसँग सहकार्य गर्नुपर्छ ।

तर, प्रधानमन्त्री त केपी ओली नै कायम हुनुहुन्छ । हटाउन त सक्नुभएको छैन । माधव नेपालले चाहँदैमा भएन । केपी ओलीले चाहँदा पनि भएन । प्रजातन्त्रको सौन्दर्य यो हो नि !

प्रजातन्त्रको मर्म त शक्तिको बाँडफाँट पनि हो नि । 

त्यसलाई मानिसहरूले अलग भाषामा बुझ्लान्, नराम्रो भाषामा बुझ्लान् । तर, मेरो दृष्टिमा प्रजातन्त्रको परिभाषा शक्तिको बाँडफाँट नै हो । केही शक्ति न्यायपालिकामा छ । केही व्यवस्थापिकामा छ । 

केही कार्यपालिकामा छ । पार्टी पनि यही राज्यसत्ताको प्रतिच्छाया त हो । त्यहाँ पनि समझदारी हुन्छ नि । आजको दुनियाँमा ती कर्पोरेट हाउसहरू (व्यवसायिक गृह) नै सफल हुन्छन्, जो बढीभन्दा बढी साझेदारीमा टिकेका हुन्छन् । जसले एक्लै गर्न खोज्छ, त्यसले प्रतिस्पर्धा गर्न सक्दैन ।

केपी ओलीले महन्थ ठाकुरसँग शक्तिको फाँडफाँट गर्न तयार हुनुभयो, झलनाथ माधवकुमार नेपालसँग तयार हुनुहुन्न भने उहाँलाई त्यसले फाइदा पुर्‍यायो त ? अर्कोतिर झलनाथ, माधवकुमार नेपाल शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डसँग शक्तिको बाँडफाँट गर्न तत्पर देखिनुभएको छ ।

तर, केपी ओलीसँग शक्तिको बाँडफाँटमा उहाँ आउनुहुन्न भने यो ठीक बाटो भएनन नि । 

यसर्थ म दोहोर्‍याउन चाहन्छु, आफैँभित्र सहकार्य गर्नुस् । आफैँभित्र शक्तिको बाँडफाँट गर्नुस् । त्यो अनिवार्य छ । भोलि म प्रधानमन्त्री र एमालेको अध्यक्ष भएँ भने पनि मैले यो हेक्का राख्नुपर्छ, एक्लै पार लाग्दैन । किनकि, जो पार्टी अध्यक्ष, प्रधानमन्त्री भए पनि पार्टीभित्र फरक मत जीवन प्रक्रिया हो नि । त्यसको अस्तित्व नामेट हुन्छ र ! त्यो फरक मतसँग मैले सहकार्य गरिन भने यो ठान्नुस् कि मेरो यात्रा दुर्घटनामा पर्छ, पर्छ ।

युवाहरूले खुट्टा कमाउँदा माधवकुमार नेपालले नयाँ पार्टी घोषणा गरेर जान सक्नुभएन भन्ने टिप्पणी पनि सुनिन्छ ?दोस्रो पुस्तामा नयाँ आन्दोलन विकास गर्न सकिँदैन भन्ने आत्मविश्वास कमजोर भएकै हो ?

त्यसलाई कसैले त्यही हिसाबले चर्चा गरेको छ भने म त यसलाई ठीक हो भन्छु । छाती पिटेर बहादुरीपूर्वक हामीले माधव नेपाललाई खोल्नुस् पार्टी, जे सुकै होस् भनेको भए पार्टी दुर्घटनामा पर्थ्यो होला । 

विभाजन हुन्थ्यो होला । तर, युवा पुस्ता भनिएकाहरूले यो बाटो गलत हो, माधव कमरेड ! यो बाटोबाट टुङ्गोमा पुँगिदैन । हाम्रो सहकार्य ओलीसँगै हो । ओलीलाई नै रूपान्तरण गर्ने हो भनेर हामीले भन्यौँ । 

त्यो कुरामा बाहिर हाम्रो आलोचना भएको छ, त्यसलाई म स्वीकार गर्छु । ती आलोचकहरू एमालेको एकता चाहँदैनन् । तर, हामीले उठाएको कदम ठीक छ भनेर कसैल भनिरहेको छ भने त्यो एमाले पक्षधर, एकता पक्षधर हो ।

विभाजन हुन्थ्यो होला । तर, युवा पुस्ता भनिएकाहरूले यो बाटो गलत हो, माधव कमरेड ! यो बाटोबाट टुङ्गोमा पुँगिदैन । हाम्रो सहकार्य ओलीसँगै हो । ओलीलाई नै रूपान्तरण गर्ने हो भनेर हामीले भन्यौँ । 

अतः एमालेको एकता चाहनेहरूमध्ये ९९ प्रतिशतले हामीले उठाएको कदम ठीक हो भनिरहेका छन् । होला केपी ओलीको समूहमा यसलाई कमजोरीकारूपमा व्याख्या गरेको हुनसक्छ । ए ! यिनीहरूसँग पार्टी फुटाउने तागत छैन रहेछ ।

नाम चलेका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य नै विभाजनको विपक्षमा रहेपछि यिनीहरूको ल्याकत छैन रहेछ भनेर हाम्रो कमजोरीका रूपमा केपी ओलीका क्याम्पतिर भएकाहरूले बुझिरहेका छन् भने त्यसमा सत्यता छैन । कसैले कसैले कमजोरीकै रूपमा बुझेछ भने पनि हामी कमजोर छैनौँ पार्टी फुटाएर देखाउँछौँ भनेर बहादुरी प्रस्तुत गर्ने पक्षमा छैनौँ ।

केपी ओलीसँगै सङ्घर्ष गरे पार्टी आन्दोलनलाई रूपान्तरण गर्ने, एमालेलाई अझै समृद्ध बनाउने चाहना रहेछ त पार्टी ह्विप उल्लङ्घन गर्ने गलत कोर्सतिर किन अघि बढेको त ?

ती सबै एउटा घटनाको प्रतिक्रियास्वरूप आइरहेका छन् । केपी ओलीले फागुन २८ गते बैठक राखेर अलगै आफ्नो कमिटी घोषणा नगरेको भए परिस्थिति यहाँ आउने थिएन नि ।

उहाँले फागुन २८ गते नेकपा एमालेका पदाधिकारीसहितको बैठक बोलाएको भए त माधवकुमार नेपाल, झलनाथ खनाल पनि सामेल हुनुहुन्थ्यो ।

उहाँले फागुन २८ गते नेकपा एमालेका पदाधिकारीसहितको बैठक बोलाएको भए त माधवकुमार नेपाल, झलनाथ खनाल पनि सामेल हुनुहुन्थ्यो ।

जे गर्नुपर्थ्यो, त्यही बैठकले गर्थ्यो । पहिलो स्टेपमै केपी ओलीले गल्ती गर्नुभयो नि । त्यसकारण त एकपछि अर्को गल्ती हुँदै आउँदा, एक ठाउँमा बस्ने परिस्थिति नहुँदा अलगअलग निर्णय, गतिविधि गर्नुपर्‍यो । 
त्यसका उत्पादन–सहउत्पादन हुन् यी । मार्क्सवादले कुनै पनि घटनाको कारण र प्रभाव भन्छ नि, त्यही हो यो ।

पार्टी एकता नै आजको प्रधान कार्यभार हो भने माओवादी केन्द्रलाईचाहिँ किन अलग राख्ने त ? कि पुनः नेकपाको दिशामा अघि बढ्ने सोच्दै हुनुहुन्छ ?

एकदमै सही प्रश्न उठाउनुभयो । मैले अघि सङ्केत गरेको पनि यही हो । नेपाल अब राजनीतिक हिसाबले दुई ध्रुवमा केन्द्रित हुँदै छ । एउटा उदारपुँजीवादी, प्रजातान्त्रिक कित्तामा । अर्को, वाम, लोकतान्त्रिक समाजवादी कित्तामा ।

उदारवादी, पुँजीवादी, लोकतान्त्रिक कित्ताको नेतृत्व काङ्ग्रेसले गर्छ । अर्को कित्ताको नेतृत्व ठूलो पार्टीको हिसाबले एमालेले गर्नुपर्छ । भोलि वृहत् वाम ध्रुवीकरणको दिशामा जाँदा नाम जेसुकै तय गरौँला । 

उदारवादी, पुँजीवादी, लोकतान्त्रिक कित्ताको नेतृत्व काङ्ग्रेसले गर्छ । अर्को कित्ताको नेतृत्व ठूलो पार्टीको हिसाबले एमालेले गर्नुपर्छ । भोलि वृहत् वाम ध्रुवीकरणको दिशामा जाँदा नाम जेसुकै तय गरौँला । 

हामीले त यही उद्देश्यका साथ त हिजो, २०७५ जेठ ३ गते पार्टी एकता गरेका हौँ नि । त्यो एकताको जग राम्ररी बसाल्न नसक्दा असमयमै दुर्घटनामा पर्‍यो । त्यसको मतलव २०७५ जेठ ३ गतेको पार्टी एकताको प्रयत्न गलत थियो त ? थिएन । त्यसलाई निष्कर्षमा पुर्‍याउन नसक्ने नेतृत्वको अयोग्यताले नेतृत्वको कमजोरीले न गलत भएको हो । मिसन त सही थियो ।

यसर्थ हिजो हिँड्दा लडियो भनेर आज त्यो बाटो नै गलत भन्नु भएन । फेरि पनि त्यही बाटो हिँड्ने हो । तपाईंले भनेकै ठाउँमा जान्छ, मुलुकको राजनीति । त्यसको निम्ति तिनवटा काम छन् । पहिलो, एमालेको एकता । दोस्रो, एमाले र अरू कम्युनिस्ट घटकबीच कार्यगत एकता । तेस्रो, कार्यगत एकतालाई परिपक्व बनाउँदै वृहत कम्युनिस्ट एकता ।

मेरो विचारमा यो कोर्सले पूर्णता पाउन कम्तीमा एक दशक लाग्छ । त्यति लगाउनु पनि पर्छ । अस्तिजस्तो हतारहतार गरेर फुर्सदमा पछुताउनु हुँदैन ।

यो पनि यहाँहरूका मनोगत आकाङ्क्षा मात्रै त होला ?

हैन, हैन, यसबारे खुलाखुलस्त छलफल भइरहेको छ । सबै नेताहरूलाई थाहा छ यो कुरा । सबैको मनमा पनि छ ।

केपी ओलीको मनमा पनि अवश्य यो कुरा किन भने, संविधानमा व्यवस्था भएको चुनावी प्रणालीले कुनै पनि पार्टीले एकल बहुमत ल्याउन दुरुह छ । दाबी त गरिएला, हामी एमाले चुनावमा जाँदा बहुमत ल्याउने नै भनेर जाने हो । तर, कठिन छ । कांग्रेस, माओवादी केन्द्र पनि त्यही भनेर जाने हो । तर, सम्भव देखिँँदैन ।

एउटै गठबन्धन, दलले बहुमत ल्याउँदैमा पनि त केही हुँदो रहेन छ नि, नेकपा नै त्यसको उदाहरण बन्यो ! 

हिजोको दुई तिहाइ दुर्घटनाग्रस्त भयो भन्नुको मतलव फेरि बहुमतको उपादेयता छैन भन्ने निष्कर्ष सही हो र ? एकपटक दुर्घटना हुँदैमा त्यको औचित्य सकिँदैन ।

नयाँ ढङ्गले सोच्नुपर्छ । मेसिनमा खराबी भयो कि, चालकहरू अकुशल भएका हुनसक्छन्, कतै बाटोको खराबी पनि हुनसक्छ । आखिर दुर्घटनाका कारण त यिनै हुन् । यसर्थ, बाटोको खराबी छ भने सुधार्ने, चालकको खराबी हो भने बदल्ने, मेसिनको खराबी छ भने नयाँ यन्त्र, उपकरण जडान गरेर ठीक दिशा तय गर्नुपर्छ ।

अहिले माधव नेपाललाई दोस्रो अध्यक्षको भूमिका दिएर भए पनि पार्टी एक राख्नुपर्छ भन्ने मत विस्तारित हुँदै गएको देखिन्छ, दोस्रो तहका नेताहरूको छलफल पनि त्यतातिरै हो ?

मैले पृथ्वीसुब्बा गुरूङको अन्तर्वार्तामार्फत् त्यो कुरा थाहा पाएँ ।  त्यसबारे कतिको छलफल भएको छ मलाई थाहा छैन । त्यो औपचारिक एजेन्डा होइन । तर, मैले अघि नै भनेँ नि, हरेक ठाउँमा शक्तिको बाँडफाँट त हुनै पर्छ नि । 

त्यो विकल्प हो कि होइन त ?

म अहिले ठ्याक्कै भन्न सक्दिन । त्यसमा माधव नेपालको इच्छा छ कि छैन ? मलाई सोध्नुहुन्छ भने, साच्चै एमालेको लोकतान्त्रिक अभ्यासको कुरा गर्नुहुन्छ भने केपी ओलीसँग पदका बार्गेनिङ गर्नुहुँदैन ।

केपी ओलीसँग हाम्रो विधि, विधान, पद्धतिको लडाइँ हो, केपी ओलीसँग हाम्रो लडाइँ पारदर्शीताको हो, नेकपा एमालेभित्रको जनमतको म्यान्डेडको लडाइँ हो, उहाँसँग पदको बार्गेनिङको लडाइँ होइन ।

र,  केपी ओलीले यो कुरा बुझ्नुपर्छ कि, हरबखत मैले समझदारी, सहकार्य र मैले अघि प्रयोग गरेको त्यति कर्णसुधा भाषा होइन, शक्तिको बाँडफाँटबाट अघि बढ्नुपर्छ । पार्टीभित्र पनि उहाँले सहकार्य र शक्तिको बाँडफाँट गर्नुपर्छ । राज्यसत्तामा पनि उहाँले त्यही विधि अवलम्बन गर्नुपर्छ ।

केपी ओलीसँग हाम्रो विधि, विधान, पद्धतिको लडाइँ हो, केपी ओलीसँग हाम्रो लडाइँ पारदर्शीताको हो, नेकपा एमालेभित्रको जनमतको म्यान्डेडको लडाइँ हो, उहाँसँग पदको बार्गेनिङको लडाइँ होइन ।

मिडियामा आएको छ, साँचो हो होइन, संवैधानिक अङ्गहरूको नियुक्तिमा उहाँले प्रधानन्यायाधीशलाई कोटा दिनुभयो, प्रतिपक्षी दलको नेतालाई कोटा दिनुभयो, अमुकअमुक नेतालाई कोटा थमाउनुभयो ।

तर, आफ्नै पार्टीभित्रका नेता प्रचण्ड र माधवकुमार नेपालसँग सहमति निर्माण गर्न सक्नुभएन। अरूसँग सहमति बनाउन सक्ने, आफ्नो पार्टीका नेतासँग सहमति बनाउन नसक्ने त हुँदैन नि । उहाँले पहिलो सहमति त प्रचण्ड र माधव नेपालसँगै बनाउनुपर्थ्यो । त्यो जगमा बल्ल शेरबहादुर देउवा या अरूसँगको संवादमा उहाँ बलियो हुनुहुन्थ्यो ।

त्यसैले त केपी ओली हरेक हिसाबले असफल भइसक्नुभयो । उहाँकै नेतृत्व स्वीकार गरेर आन्दोलन अघि बढ्न सक्ला त ?
इतिहासको दुर्लभ अवसर केपी ओलीले प्राप्त गर्नुभएकै हो ।

यस्तो अवसर एकदमै कम नेतृत्वलाई आउँछ । कम समयमा आउँछ । मेरो बुझाइमा, अध्ययनमा नेपालको इतिहासमा लोकतान्त्रिक व्यवस्थाभित्र यो अवसर केपी ओलीलाई मात्रै आएको थियो ।

गिरिजाबाबुसँग बहुमत थियो, तर यत्तिको प्रगतिशील संविधान थिएन । उहाँको हातमा पूर्ण शक्ति थिएन । २०४७ सालको संविधानले जुन तहको अधिकार कार्यपालिकामा ल्याएको थियो ।

२०७२ सालको संविधानले धेरै बढी ल्याएको हो । त्यसकारण केपी ओलीले दुर्लभ अवसर प्राप्त गरेकै हो । नेपालमा यति ठूलो पार्टी बनेको थियो भने नेकपा नै थियो ।

केपी ओलीसहित ४ जना प्रधानमन्त्री भइसकेका सामाजिक प्रतिष्ठा बोकेको विशाल पार्टी थियो । संसद्मा कमजोर प्रतिपक्षी थियो । ह्याण्डलिङ गर्न सकिन्थ्यो, सजिलरी । 

त्यसकारण म मेरो पार्टीका अध्यक्ष, प्रधानमन्त्रीलाई एक्लै बसेर, अघि मैले नै विपश्यनामा जानुहोस् भनेँ नि, हो त्यहाँ गएर आत्मसमीक्षा गर्नुहोस्, एक्लै गएर आफ्ना कमजोरी केलाउनुहोस्– तपाईंको हातबाट किन यी सबै कुरा एकपछि अर्कोगरी गुमे ? के–के कमजोरी भए ?

संविधान बनेर चुनाव सम्पन्न भइसकेपछि नेपाल नयाँ क्षितिजका साथ अघि बढ्यो भनेर विश्वभरका हाम्रा शुभचिन्तक, दातृ निकाय, राष्ट्रले हामीप्रति सकारात्मक नजरले हेरेका थिए । यस्तो एउटा दुर्लभ अवसर केपी ओलीको हातमा थियो ।

केपी ओलीका व्यक्तिगत महत्त्वाकाङ्क्षा, गलत कार्यशैली, चिन्तन, मनोदशा कारण उहाँका हातबाट यो दुर्लभ अवसर गुमाउनुभयो । यो आरोप होइन, अहिलेको वस्तुगत यथार्थ हो ।

त्यसकारण म मेरो पार्टीका अध्यक्ष, प्रधानमन्त्रीलाई एक्लै बसेर, अघि मैले नै विपश्यनामा जानुहोस् भनेँ नि, हो त्यहाँ गएर आत्मसमीक्षा गर्नुहोस्, एक्लै गएर आफ्ना कमजोरी केलाउनुहोस्– तपाईंको हातबाट किन यी सबै कुरा एकपछि अर्कोगरी गुमे ? के–के कमजोरी भए ?

मैले किन यो भनिरहेको छु भने, उहाँले आफ्ना कमजोरी केलाउनुभयो र निष्कर्ष निकाल्नुभयो भने हाम्रा लागि आत्मसमीक्षाको ठूलो–व्यापक दस्तावेज हुन्छ । हाम्रो अघिल्लो नेता कहाँ चुक्नुभयो भन्ने निष्कर्ष पहिल्याएपछि हामी त्यो गल्ती दोहोर्‍याउने धृष्टता गर्दैनौँ नि । हाम्रा लागि ठूलो पाठसिकाइ बन्न सक्छ ।

तर, बहुमतले उहाँलाई नै नेतृत्व मान्छ भने अर्को विकल्प कसरी खडा हुन्छ ? कि त कब्जा गर्ने, बलजफ्ती गर्ने सिद्धान्तमा जानुपर्‍यो ।

जहाँसम्म ओलीलाई नै नेतृत्व स्वीकार गर्ने प्रश्न छ, कुनै पनि व्यवस्थामा नेतृत्व बदल्ने, परिवर्तन गर्ने आफ्नो विधि छ नि । आफूलाई विधिपालक, लोकतान्त्रिक भन्नुहुन्छ भने तपाईंको मनोगत आग्रहले त नेतृत्व बदलिँदैन । त्यसको आफ्नो विधि हुन्छ । केपी ओलीले तमाम गल्ती कमजोरी गर्नुभएको छ ।

तर, बहुमतले उहाँलाई नै नेतृत्व मान्छ भने अर्को विकल्प कसरी खडा हुन्छ ? कि त कब्जा गर्ने, बलजफ्ती गर्ने सिद्धान्तमा जानुपर्‍यो ।

जनताको बहुदलीय जनवादको बाटो त त्यो होइन । ठीक छ केपी ओलीले आत्मसमीक्षा गर्नुभयो, मेरा यीयी कमजोरी रहे, त्यसकारण यी अवसर गुमे, मैले जे गर्नुपर्थ्यो त्यो बाटोमा हिँड्न सकिनँ, यसर्थ कोही साथी आउनुस् भनेर स्वेच्छाले नेतृत्व त्याग गर्नुभयो भने विकल्प अगाडि आउन सक्छ ।

आउँदा पनि लोकतान्त्रिक प्रक्रियाबाटै आउँछ । स्वेच्छाचारी प्रक्रियाबाट आउने कुरा त भएन । मानिसहरूलाई बहिर्गमन गर्दा पनि सम्मानजनक बाटो नै दिनुपर्‍यो । त्यो भनेको लोकतान्त्रिक प्रक्रिया नै हो ।

तपाईंहरू एकताका लागि प्रयत्न, पहलकदमी लिइराख्नुभएको छ, तर, प्रधानमन्त्री ओली समूह भ्याकेट (कर्णाली प्रदेशका चारजना सांसदलाई पुनःबहाली गर्ने आदेशविरुद्ध पुनरवलोकन)मा गएर त्यसलाई कमजोर बनाइरहेको छ भन्ने टिप्पणी पनि सुनिन्छ नि !

अब अहिले राजनीतिक मुद्दाहरू एकपछि अर्कोगरी जसरी अदालतमा उभ्याइन थालिएको छ । वस्तुतः यो त्यति सुखद् कुरा होइन । अदालतले अरू धेरै मुद्दामामिला हेर्नुछ ।

प्रधानन्यायाधीश, न्यायाधीशहरू हरेक दिन बेञ्चमा बसेर हरेक दिन एउटै विषयमा सवालजवाफ गरिरहनुपरेको छ । संसद् विघटनसम्बन्धी बारबारको मुद्दाले फैसला रोकिएका होलान् । मुद्दाको सुनुवाइ हुन नसकेको होला । चाङका चाङका मुद्दा छन् । हाम्रा कमजोरी–अयोग्यताका कारण अरू मुद्दा पनि थपिदिएका छौँ । यो गलत हो ।

जब प्रधानमन्त्रीले सबै परिपाठ मिलेको खेलमैदान, संसद् भत्काउनुभयो नि । विम्बमा संसद् त खेलमैदान थियो । त्यसको आफ्नो नियम थियो । रेफ्री थियो । रेड, एल्लो कार्ड देखाउँथ्यो । नियम–कानुनको अधीनमा रहेर खेल सञ्चालन हुन्थ्यो । त्यो भत्काएपछि हाम्रो खेल बाहिर हुनथाल्यो ।

जब प्रधानमन्त्रीले सबै परिपाठ मिलेको खेलमैदान, संसद् भत्काउनुभयो नि । विम्बमा संसद् त खेलमैदान थियो । त्यसको आफ्नो नियम थियो । रेफ्री थियो ।

अझ भनौँ न मैदान अन्यत्रै खडा हुन थाले । जहाँ कुनै नियम छैन । विधि छैन । कानुन छैन । कसले कसलाई रेडकार्ड देखाउँछ, निष्कासन गर्छ, त्यसको कुनै ठेगान छैन । राजनीतिक नेतृत्वले आफ्नो खुट्टामा भएको बल लगेर अन्यत्र दिएपछि अर्कोले आफ्नो पायक पर्ने ठाउँमा हान्छ नि । 

त्यसकारण, हाम्रो अयोग्यताले मुद्दाहरू अदालतमा गइराखेका छन् । त्यसको प्रमुख जवाफदेहिता प्रधानमन्त्रीले लिनुपर्छ । बाँकी हामीले पनि लिनुपर्ला । हामीले पार्टी एकता बचाउन सकेनौँ । प्रचण्ड, केपी ओली र माधव नेपालको मनमा अलगअलग पार्टी बनाउने थियो ।

सके त्यही पार्टी कब्जा गर्ने, सकिएन भने अलगअलग जाने थियो । त्यसमा सहयोगी अदालत बनिदियो । जुन उसको काम नै होइन ।

पार्टी एकता ठीक छ कि छैन भनेर जाँच्ने काम अदालतको हो र ? निर्वाचन आयोगको होला, केही प्रक्रिया मिलेको छैन भने मिलाएर लैजाऊ भन्ने होला । एकता नै अमान्य घोषणा गर्ने, भङ्ग गर्ने काम अदालतले गर्‍यो, हामी फैसला मान्न बाध्य भयौँ । हामीसँग अरू उपाय थिएन पनि ।

पार्टीभित्रको असामञ्जस्यता, असामान्य परिस्थितिका कारण प्रदेशसभाका ४ जना सदस्यहरूले फ्लोर क्रस गरेका हुन् । पार्टी एउटा सामान्य परिस्थितिमा थियो भने, त्यो गम्भीर गल्ती हो । पार्टीभित्रको असामान्य परिस्थितिले हामीलाई त्यहाँ पुर्‍यायो । त्यसको हल त हामीले पार्टीभित्र खोज्ने हो ।

फेरि केस अदालतमा पुग्यो । म खासगरी बालुवाटारका मित्रहरूलाई भन्न चाहन्छु– कर्णालीको केसमा भ्याकेटमा गएर कतै उहाँहरूले आफ्नो खुट्टामा आफैँ बञ्चरो त हानिरहनुभएको त छैन ? एउटा उत्तेजनात्मक ढङ्गले उहाँहरू त्यहाँ  त पुग्नुभएको छ तर, त्यसको परिणाम आफ्नो खुट्टामा आफैँ बञ्चरो हानेसरह हुन्छ भनेर उहाँहरूले ख्याल गरेको देखिएन ।

फेरि केस अदालतमा पुग्यो । म खासगरी बालुवाटारका मित्रहरूलाई भन्न चाहन्छु– कर्णालीको केसमा भ्याकेटमा गएर कतै उहाँहरूले आफ्नो खुट्टामा आफैँ बञ्चरो त हानिरहनुभएको त छैन ?

कर्णाली फ्लोर क्रस गरेको कुरा कारबाहीयोग्य थियो कि थिएन, त्यो पार्टीको आन्तरिक कुरा थियो । अदालतले अमान्य घोषणा गर्‍यो, यसकारण कि, पार्टीभित्र प्रक्रिया पुगेको थिएन । अदालतले जे भने पनि सामान्य आँखाबाट हेर्दा त्यो त्रुटिपूर्ण न थियो । गल्ती नै थियो । कारबाही त पार्टीभित्रै हुन्थ्यो । अब उहाँहरू भ्याकेटमा जानुभयो । उहाँहरूले जे माग गर्नुभएको छ, अदालतले त्यो मान्दियो भने ४ जना सांसदहरूको पद जान्छ । त्यहाँ एमालेको सरकार बन्ने सम्भावना सदाका लागि अन्त्य हुन्छ । 

उहाँहरू कायम रहनुभयो, पार्टीभित्रको समस्या किनारा लागे भने एमालेको बहुमत त्यहाँ कायम हुन्छ र सरकार बन्ने सम्भावना रहन्छ । रहनु भएन भने त्यहाँ साथीहरूको मुख्यमन्त्री बन्ने चाहनामा पानी खन्याउने काम स्वयम् बालुवाटारले नै गरेको ठहर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय