site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गण्डकी जसपामै विवाद ! एक सांसद भन्छन्– आज सरकारमा जाँदैनौँ, अर्का भन्छन्–जान्छौँ

पोखरा । जनता समाजवादीले गण्डकी प्रदेशमा दुई मन्त्री नपाएपछि सरकारमा जाने नजाने विवाद देखिएको छ ।

जनता समाजवादी पार्टीका हरिशरण आचार्यको शपथको तयारी गरिएको थियो । तर अर्का सांसद धनमाया पोखरेल लामाका अनुसार यसअघि दुईजना मन्त्री दिने सहमति भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हाम्रो माग दुवैजनाको शपथ सँगै गरौँ भन्ने थियो, उहाँहरुले आज एकजनाको गरौँ भन्नुभयो,” उनले भनिन्, “त्यसमा कुरा नमिलेपछि आज शपथ नगर्ने निर्णय गरेका हाँै । कुरा मिल्यो भने पछि शपथ ग्रहण गर्नेछौँ ।”

तर आचार्यले आफू सरकारमा सहभागी हुने र शपथ पनि लिने बताएका छन् ।
 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १९:२३
प्रतिक्रिया दिनुहोस्