site stats
बाह्रखरी :: Baahrakhari
खेल
अष्ट्रेलियाविरुद्ध नेपाल २–० गोलले पछाडि, रोहितलाई रातो कार्ड 
फाइल तस्बिर

काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले अहिले अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ । 

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाल पहिलो हाफ सकिँदा २–० गोलले पछि छ । 
नेपाली टोली पहिलो हाफमा १० खेलाडीमा सीमित भएको छ । नेपालका खेलाडी रोहित चन्द रातो कार्ड पाएर मैदान बाहिरिएका छन् । खेलको ४६ औँ मिनेटमा रोहितले रातो कार्ड खाँदै मैदान बाहिर रहका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालले अष्ट्रेलियाविरुद्ध चार खेलाडी परिवर्तन गरेको छ । जोर्डनविरुद्ध सुरुवाती–११ मा रहेका रहेका अन्जन विष्ट, दिनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा रहेका छन् ।

फरवार्ड नवयुग श्रेष्ठ, मिडफिल्डर विशाल राई, एरिक विष्ट र डिफेन्डर  गौतम श्रेष्ठ सुरुवाती–११ मा रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  २२:४६
प्रतिक्रिया दिनुहोस्