site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अष्ट्रेलियाविरुद्व उत्कृष्ट प्रदर्शन गर्दै समर्थकलाई खुसी दिनेछौ : प्रशिक्षक अल्मुताइरी 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले युवा खेलाडीहरुलाई अष्ट्रेलियाविरुद्वको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने मौका रहेको बताए । 

उनले नेपाली टोलीमा युवाहरुको प्रभाव जमाउने अवसर आएकको हुनाले उनीहरुलाई खेलमा महत्व दिने र युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने मौका पनि रहेको बताए । 

“युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे खेल निकै राम्रो देखिने छ । मलाई थाँहा छ अष्ट्रेलिया जस्तो देशसँग खेल्न निकै चुनौती छ । तर, हाम्रो लागि यो खेल निकै महत्वपूर्ण छ,” प्रशिक्षक अल्मुताइरीले प्रि–म्याच कन्फ्रेन्समा भने । 

Agni Group

नेपालले सन् २०२२ को विश्वकप छनोट र २०२३ को एसियाक कछ छनोट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेल खेल्दैछ ।

नेपालले भोलि (शुक्रबार) अष्ट्रेलियासँग खेल्न लागेको हो । नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार राती ९ः१५ मा हुनेछ । यसअघिका खेलहरुमा नेपालले दुई खेलमा मात्र जित निकालेको छ । 

Global Ime bank

नेपालले दुबै खेलमा चाइनिज ताइपेइलाई २–० गोलको अन्तरले हराएको हो । त्यस बाहेकका खेलमा नेपााल पराजित छ । नेपालको विश्वकप छनोटका लागि अघिल्लो चरण प्रवेशको सम्भावना सकि सकेको छ । 

“आशा गरौ हामी अष्ट्रेलियाविरुद्ध एक उत्कृष्ट खेल पस्कने छौं । हाम्रो खेल्ने तरिकामा सुधार ल्याउँदै समर्थकलाई खुसी बनाउने योजना हाम्रो रहेको छ,” अल्मुताइरीले भने । 

यता अष्ट्रेलियाका प्रशिक्षक जर्हाम अर्नाेल्डले नेपाली टोली एकदमै मेहेनती रहेको बताए । उनले आफूहरु नेपालसँग खेल्नका लागि उत्साहित भएको पनि बताए । 

“नेपाली टोलीको खेल्ने तरिका धेरै राम्रो छ । नेपाली टोलीका प्रशिक्षकले पनि टिमलाई राम्रो बनाइ रहेका छन् । हामी नेपालको खेललाई सम्मान गर्दछौँ । र खेलका लागि उत्साहित छौं,” अर्नेल्डले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC