site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
सम्मानको हुर्मत काढ्ने सत्ता

नेपालको कम्युनिस्ट सत्ताले सम्मानको संस्कृतिलाई ध्वस्त गर्दै लगेको छ । ‘किर्नो’जस्तै कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली पनि पदमा त टाँसिएकै छन् । तर, तिनले न पदको सम्मान गरे न पद्धति र प्रक्रियाको सम्मान नै बाँकी रहन दिए । सरकारी सत्ता कोरोना महामारीजस्तै सबैको सम्मानमाथि धावा बोल्दैछ । 

पहिले त कम्युनिस्ट सरकार बनेदेखि नै लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाएर प्रणाली र प्रक्रियाको सम्मान स्खलित गरियो । उदाहरण विभिन्न ऐन, विधेयकको माध्यमबाट अभिव्यक्ति र प्रेस स्वतन्त्रता सञ्कुचित गर्ने प्रयास हो । अर्को, राज्यका विकेन्द्रित सबै निकायलाई प्रधानमन्त्रीको एकाधिकारमा केन्द्रित गर्ने प्रक्रियाले ती निकायको विश्वसनीयता खोसियो । 

सम्मान सित्तै आर्जन हुँदैन र यसको स्रोत पदमात्रै पनि होइन । सम्मानको स्रोत विश्वास हो र अरुको सम्मानले नै सम्मानको विस्तार गर्छ । लोकतान्त्रिक पद्धतिमा विधिको सम्मानले नै शासकले पनि सम्मान आर्जन गर्नसक्छ र विश्वास बढ्छ । विधि, विधानको सम्मान अन्ततः राज्यले गरिने नागरिकको एकीकृत सम्मान हो । जब यो शृंखला टुट्छ तब राज्ययन्त्रप्रतिको विश्वास र सम्मान स्खलित हुन थाल्छ । 

Agni Group

नेपालमा यही भइरहेछ । विश्वास टुट्दै सम्मान फुट्दै टुक्रिएर संस्कारमा कालो बादल मडारिएको छ । लाग्छ, यो काल्पनिक कथा हो । होइन तथ्य यही हो । सम्मान अरुलाई होच्याउने हप्काउने ओली शैलीमा पाइँदैन । बुझ्नुपर्छ, व्यवहार हो सम्मान दिलाउने । हेरौँ, अहिले यहाँ कसैको वा कुनै संस्थाको सम्मान श्रद्धाले ओतप्रोत छ ? छैन । किन ? 

किन, को, कारण र परिणाम प्रस्तुतिको सिलसिलामा खुल्ने नै छ । शक्ति पृथकीकरणको स्वायत्त सम्मान अहिले कसको जोगिएको छ ? व्यवस्थापिकाकोे कि, कार्यपालिकाको वा न्यायालयको ? वा दलीय राजनीतिमा दलहरुको ? समग्रमा नागरिक समाज र देश वा देशवासी ? कसको सम्मान रक्षा भएको छ अहिले ? सबैको सम्मानप्रति एकोहोरो प्रहार भएको छ । प्रहार गर्ने सरकार स्वयंको समेत सम्मान र विश्वास स्खलित गर्दैछ । 

Global Ime bank

हालसालै न्यायालयप्रति विश्वासमा देखिएको खोटले के त्यसको सम्मान बढेको छ ? किन भयो यस्तो ? व्यवस्थापिकाको हुर्मत प्रधानमन्त्रीको पदमोहले लिएकै छ । अख्तियार, सम्पत्ती शुद्धीकरण वा सुरक्षा संयन्त्र सबै ‘कथित’ बनाइएका छन् । राज्ययन्त्रप्रतिको विश्वास हरण गरेर कम्युनिस्ट प्रधानमन्त्री पदको रक्षा र दुरुपयोग गर्न तल्लीन देखिएका छन् । 

संरक्षक, अभिभावक किन भनिएको होला, यसको अर्थ पनि होला ? राष्ट्रपतिको सम्मान किन खुइल्याइयो वा  खुइलियो ? विश्वास यस्तै हुन्छ ? राजनीतिक दलहरुको सम्मानमाथि त नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीको खड्ग प्रहार निर्बाधजस्तै छ । दलहरु आफैँलाई धान्न लडखडाइ रहेछन् । यो सत्ता नेताहरुलाई ‘खोइरो’ लागेजस्तै छ । 

दलहरु विभाजित गर्ने अध्यादेश ल्याएर असफल प्रधानमन्त्री ओलीले अन्ततः नेकपा टुक्र्याइ दिए । अब एमाले फुटाउँदै छन् ।

एमालेकै वरिष्ठ नेताहरुलाई घरको न घाटको बनाइसके । समयको पर्खाइमात्र हो, मौका पर्नेबित्तिकै अध्यक्ष ओलीले यिनलाई धराशायी बनाउने संकेत दिइसकेका छन् । ‘सरेन्डर’ गरे क्षमा दिने चाबुक उनले आफँै पक्रेका छन् ।        

असफल तर भनिएको जसलाई फुटाउन ल्याइएको अध्यादेशको भयले रातारात एक भएर बनेको जनता समाजवादी पार्टी (जसपा) लाई कम्युनिस्ट प्रधानमन्त्री ओलीले आखिर फुटको संघारमा पुर्याइ दिए । केही माग पूरा गरेको कलेवरमा जसपाको पुरानो राजपा घटकलाई सत्ताको स्वादमा लोभ्याइरहेछन् । उसलाई मागको स्वाङ सरकारी स्रोतमा ओतप्रोत हुने भर्याङ भएको छ । 

प्रधानमन्त्री ओलीले सुरुदेखि नै दलहरु विभाजित गर्न चालेको प्रयत्नको वकपत्र त्यही असफल अध्यादेश हो । ‘हुकुम तामेली गर्ने शैलीमा’ यस्ता अध्यादेशमा सही छाप लाग्दै आएको छ, लागिरहेछ । सर्वत्र दवावले अध्यादेश असफल भयो त के ? उनी दलहरु फोर्न सफल भएकै त छन् । 

नेकपा कसले फोर्यो ? एमालेमा वैचारिक प्रतिवादको हैसियत राख्नेलाई किनाराकृत कसले पार्दै छ ? जसपाको पुरानो घटक पुनः त्यहीँ पुग्न कसले लिस्नो हाल्दिएको छ ? स्पष्टै छ, एमाले अध्यक्ष ओलीको हर्कतकै कारणको परिणाम हुन् यी । यसमा शंका गर्नुपर्ने केही बाँकी छ र ? 

प्रधानमन्त्री ओलीको सत्ता दर्प दम्भको खड्ग प्रहारले छिन्नभिन्न हुन थालेका नेताहरु त्राहीमाम् गर्दै सुरक्षा खोजीमा यत्रतत्र छरिएका छन् । विधि, विधान र लोकतन्त्रको मूल्यमान्यतालाई धज्जी धुजा बनाएर आर्जित सरकारी दम्भले नागरिक मत, मर्यादाको हुर्मत त लिएकै छ । 

कम्युनिस्ट प्रधानमन्त्री ओली भन्थे त – तर आजभोलि सुनिदैन, भन्न छोडे – ‘लोकतन्त्रका लागि चौध वर्ष जेल बसेको हुँ ।’ त्यो चौध वर्षे लोकतन्त्रको नमुना यही हो ? दलहरु फुटाएर, राज्ययन्त्र, सबै संवैधानिक अंगमा पक्षाघात थोपरेर लोकतन्त्रको दुहाइ दिन मिल्छ ? तैपनि, कान फुक्ने र पछि शंख ध्वनि बजाउने सरकारी मुखवीरहरु अरुले नै नेकपा फुटाई दिए, एमाले टुक्र्याउदै छन् वा मधेसी दललाई पनि छोडेनन् भन्दैछन् । अनि, सबैलाई फुटाइदिने धम्कीसमेत सँगै दिँदैछन् । 

के सत्य त्यही हो त ? सत्य त देशलाई दुर्गतिमा पुर्याउने, जनमत मर्यादाको हुर्मत लिने, लोकतन्त्रको दुरुपयोग गर्ने, भ्रष्ट अनियमितताको वाचल संरक्षक र दलहरु विभाजनको प्रथम र अन्तिम कारक ओली सरकार नै हो । अरु नालायक भए होलान् तर एमाले ओलीको ‘लायकी’ सर्वनाश गर्नेतिर छ । 

देशमा कसैको सम्मान र विश्वास जोगिन दिइएन । यो अवस्थाले बाह्यराष्ट्रमा देश, नेपाली जनता र राजनीतिको सम्मान बढेको होला त ? के बढ्नु ? खुइलिएको छ । सामान्य अनुमानले नै बुझ्न सकिन्छ । घरेलु सम्मान बाँचे नै बाह्य सम्मान आकर्षित हुने हो । बाह्य शक्तिको लौरोले घरेलु सम्मान चुट्दै छ सरकार । के बुझ्दै छ ? आफ्नो विश्वास, सम्मान बढेको ? यहाँ त छैन, तर अन्तको कुरा भए सरकार नै बुझोस् कि लाज पचाओस् ! 

प्रधानमन्त्री ओलीको उछलकुद देख्दा लाग्छ आफू प्रधानमन्त्री र भन्नेबित्तिकै मान्ने राष्ट्रपति भएकै कारण लोकतन्त्र र गणतन्त्रका पक्षमा उनी देखिएका हुन् । विपरीत हुन्थ्यो भने एमाले अध्यक्ष ओली अहिलेको प्रणालीप्रति नग्न प्रहार गर्न लाज मान्नेछैनन् ।

सरकारमा रहँदा जसले मर्यादा सिकेन, नरहँदा तिनको वा प्रणाली, प्रक्रियाको मर्यादा किन गर्छ ? संस्कार उल्टो कि ऊ ?
यिनको लागि सरकार गोरु गाडा ‘बयल गाडा’ न हो प्रणाली । कागजमा बाँकी संविधान च्यातेर सबै, सबैको केही बचेखुचेको  हुर्मत पनि काढिने छ र भूगोल भावनाको सम्मान ध्वस्त गरिनेछ । यति नै मात्रै बाँकी । निर्मम संकेत ।     
     
          
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC