site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

यस बजेटबाट प्रतिनिधित्वविना कर लगाउन नहुने लोकतन्त्रको आधारभूत मान्यता मिच्ने परम्परा बसाउने कार्य भएकोछ । यस्ता गलत अभ्यासको दूरगामी नकारात्मक असर शासन र अर्थ व्यवस्थामा पर्नेछ । 

देशमा फेरि अध्यादेशबाट वार्षिक बजेट ल्याइएको छ । अन्तरिम कालमा पटकपटक यस्तो अभ्यास गरिएको भए पनि नेपालको संविधान, २०९२ जारी भएपछि भने अध्यादेशबाट बजेट ल्याइएको यो पहिलोपटक हो । संसदीय लोकतन्त्रमा पक्कै पनि यो स्वाभाविक र स्वस्थ अभ्यास होइन ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधि सभा ६ महिनामा दोस्रोपटक विघटन गरिएको छ । संविधानको धारा ११९ अनुसार साउन १ बाट सुरु हुने अर्को आर्थिक वर्षका लागि संघीय  संसद्को   दुवै सदनको संयुक्तमा जेठ १५ गते संघीय संसद्मा पेस गर्ने व्यवस्था छ । यद्यपि, संविधानमा स्पष्ट शब्दमा संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने उल्लेख छ ।

यसैले बजेट अध्यादेशको अभ्यास र प्रक्रियामा यसपटक बढी नै विवाद भएको हो । सर्वोच्च अदालतबाट संसद् विघटनको निर्णय बदर भएर अर्को सरकार गठन भए सम्भवतः पूरक बजेट प्रस्तुत हुनेछ । यसैले यो बजेट कामचलाउ सरकारको औपचारिकतामा सीमित हुनुपर्थ्यो ।

Global Ime bank

परन्तु, सरकारले आफूलाई ‘कामचलाउ’ नठानेजस्तै बजेट पनि चुनावी बनायो । सरकारकै सिफारिसमा चुनाव घोषणा भएपछि सरकारले निर्वाचन आचार संहिता पालना गर्नुपर्ने थियो । सरकार वा कुनै सरकारी कर्मचारीले न्विाचन आचार संहिता उल्लङ्घन गरे निर्वाचन आयोगका पदाधिकारीले स्वतः संज्ञानमा लिएर पनि कारबाही चलाउन सक्छन् । तर, अहिलेका निर्वाचन आयोगका पदाधिकारीबाट यस्तो आँटको अपेक्षा गर्न सायद सकिँदैन ।

बजेटमा समेटिएका कार्यक्रम र खर्चको विनियोजनका विषयमा भने धेरै आलोचना भएको छैन । बजेटका सम्बन्धमा टिप्पणी गर्नेहरूले स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षामा रकम बढाइनुलाई सकारात्मकरूपमै लिएको देखिएको छ । यसैगरी निजी क्षेत्रले पनि बजेटप्रति सन्तोष नै व्यक्त गरेको छ । कर्मचारीको तलब बढाइएको छ । अर्थात्, सकेसम्म सबैलाई रिझाउने प्रयास बजेटमा गरिएको देखिन्छ ।

बजेट बनाउँदा राजस्व  र व्ययको अनुमानमा भने वास्तविकताको बेवास्ता गरेको छ । कोभिड(१९ बाट पीडित सर्वसाधारणका लागि भने बजेट सम्भवतः कागलाई बेल पाकेसरह भएको छ । अर्कातिर, जति नै नयाँ र ठूला योजनामा  बजेट विनियोजन गरिए पनि  कार्यान्वयन हुनसक्ने देखिँदैन । वर्सेनि बजेट खर्च नहुने रोगको उपचार जो भएको छैन ।
 
यस बजेटबाट प्रतिनिधित्वविना कर लगाउन नहुने लोकतन्त्रको आधारभूत मान्यता मिच्ने परम्परा बसाउने कार्य भएकोछ । यस्ता गलत अभ्यासको दूरगामी नकारात्मक असर शासन र अर्थ व्यवस्थामा पर्नेछ । 
 
अध्यादेश बजेटको विरोध गर्ने राजनीतिक दलका नेताले भविष्यमा कहिल्यै पनि अध्यादेशबाट बजेट नल्याउने प्रण गरून् । सरकारले पनि संविधानको मर्म भताभुङ्ग पार्ने क्रियाकलाप देश र जनताका लागिमात्र हैन आफ्नै राजनीतिक भविष्यका लागि पनि प्रत्युत्पादक हुने हेक्का राखोस् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC