site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

दोस्रो चरणमा पहिलो मात्रा खोप लगाउने ज्येष्ठ नागरिकलगायत करिब १५ लाख नेपाली दोस्रो मात्रा पर्खेर बसेका छन् । तिनले कोभिसिल्ड खोपको दोस्रो मात्रा कहिले लगाउन पाउने हुन् ? निर्धारित समयभित्र दोस्रो मात्रा लगाउन नपाए तिनले के गर्ने ? 

जनताप्रति उत्तरदायी भए नागरिकका यस्ता प्रश्नको उत्तर सरकारले दिनुपर्ने हो । तर, खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री रहेको सरकार नागरिकका कुनै समस्या समाधान गर्नमात्र होइन यस्ता प्रश्नको उत्तर दिनसम्म पनि आवश्यक ठान्दैन ।

कोभिड-१९ को सङ्क्रमण बाक्लो जनसङ्ख्या भएको क्षेत्रमा बढी देखिएको छ । तर, यसको अर्थ जनसङ्ख्या कम भएका क्षेत्रमा भाइरसको सङ्क्रमण भएको छैन भन्ने त होइन । विशेषगरी सहरी क्षेत्र र भारतबाट घर फर्केकाहरू परीक्षणविना गाउँ गाउँमा पुगेकाले भाइरस पनि देशको कुनाकुनामा पुगेको सहजै अनुमान गर्न सकिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसै पनि दुर्गम गाउँहरूमा सङ्क्रमण फैलेमा जिल्ला सदरमुकामसम्म समाचार आइपुग्नै दसौं दिन लाग्नसक्छ । आधुनिक सञ्चार सुविधाबाट वञ्चित गाउँबाट सूचना आओस् पो कसरी रु यस्तोमा राज्यकौ संयन्त्रले एकलासका बस्तीको खोजखबर गर्नुपर्थ्यो । 

आफैँले उत्पन्न गरेको परिस्थितिका सम्बन्धमा उत्तरसम्म पनि नदिने सरकारले नागरिकलाई खोजेर उद्धार र उपचार पक्कै गर्दैन । यसैले सञ्चार र यातायात सुविधा नपुगेका बस्तीका बासिन्दा सङ्क्रमित भए भने उपचारबाट हैन भवितव्यबाट मात्र बाँच्ने देखिन्छ ।

Global Ime bank

तथ्याङ्कअनुसार भारतमा भन्दा नेपालमा सङ्क्रमण दर बढी छ । प्रतिदसलाख जनसङ्ख्यामा भारतमा २३१ जना सङ्क्रमित हुँदा नेपालमा २९६ जनामा सङ्क्रमण देखिएको छ । पक्कै पनि यो अत्यासलाग्दो अवस्था हो । 

प्रधानमन्त्री ओलीले भने अगिल्लो वर्ष ‘बेसार पानी’ र ‘हिमाली हावा’को बखानमा बिताइदिए । अहिले प्रधानमन्त्री ओली भनिरहेका छन् - कोरोना यस्तो होला भन्ने मलाई लागेकै थिएन । सायद यो वर्ष चाहिँ उनले कोभिड -१९ को भयावहताका सम्बन्धमा बुझ्दैमा बिताइदिने होला ।  

हुनत, कोभिड-१९ को महामारीबाट जनतालाई जोगाउन ओली सरकारको हेलचेक्य्राइँप्रति नेपाली जनताले आश्चर्य मान्न पनि छाडिसके । सुध्रने सम्भावना भएन अपेक्षा गर्ने हो ?

भारतले अनुदानमा दिएको, नेपालले किनेको तथा कोभ्याक्स सुविधाअन्ततर्गतको गरी २३  लाख ५० हजार मात्रा कोभिसिल्ड  खोप नेपालमा उपलब्ध थियो । सरकारले तोकेकै प्राथमिकतामा परेकामध्ये १५ लाख जतिले पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा पर्खेर बसेका छन् ।

नेपाललाई कोभिसिल्ड बेच्ने खोप निर्माता कम्पनी सेरम इन्डियाले मंसिर पुसभन्दा पहिले खोप दिन नसक्ने बताइसकेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री तहबाटै प्रयास भएमात्र खोप पाइनसक्ने धेरैको विश्वास छ । तर, खड्गप्रसाद ओलीलाई निर्वाचन आचार संहिता उल्लङ्घन गर्नबाट फुर्सद भए पो यता ध्यान दिउन् र !

नेपालजस्तै भारतबाट खोप आयात गर्न पर्खेर बसेको बङ्गलादेशले क्यानाडा, अमेरिकाजस्ता बेलैमा खोप सञ्चय गरेका देशहरूसँग अस्ट्राजेनेकाको खोप कोभिसिल्ड आयात गर्ने जोहो गर्न लागेको समाचार छ । यसैगरी बङ्गलादेशले चीन र रुसबाट पनि खोप खरिद गर्ने तत्परता देखाएको छ ।

भारतमा महानगरहरूमा नियन्त्रणमा आउन थाले पनि गाउँगाउँमा फैलिएकाले सङ्क्रमण घट्ने सङ्केत देखिएको छैन । यसैले भारतको मात्र भर नपरी खोप किनेर थुपारेका अरू देशहरूबाट अनुदानमा वा किन्न पाइन्छ कि रु यो विषय सबैभन्दा बढी प्राथमिकतामा पर्नुपर्थ्यो । 

सरकारले खोप खोज्न नसक्ने नै हो भने वा भारतबाट नपाइने नै हो भने पनि अर्को खोपको दोस्रो मात्रा दिन मिल्ने कि नमिल्ने ? पहिलो मात्रा लगाएको कति दिनसम्म अर्को मात्रा लगाए खोपले काम गर्ने रु यस्ता जिज्ञासाको उत्तर व्यग्रता पूर्वक पर्खेर बसेका ज्येष्ठ नागरिकलाई उत्तर त देऊ !

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC