site stats
बाह्रखरी :: Baahrakhari
देश
रथयात्राका लागि ललितपुर प्रशासनले तोक्यो निषेधित क्षेत्र : पाँच जनाभन्दा बढी भेला हुन नपाइने
फाइल तस्बिर

काठमाडौं । ललितपुर जिल्ला प्रशासनले शनिबारदेखि पाँच जनाभन्दा बढी भेला नहुन पाउने गरी निषेधित क्षेत्र तोकेको छ । शुक्रबार ललितपुर महानगरपालिका भित्रका केही ठाउँमा पाँच जनाभन्दा बढी भेला नपाइने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

रातो मच्छिन्द्रनाथको भिडभाड र झडपलाई मध्यनजर गर्दै शनिबार बिहान ६ बजेदेखि बुधबार राति १० बजेसम्म पाँच जनाभन्दा बढी जम्मा नहुने आदेश जारी गरिएको हो । आदेश उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।

यस वर्ष रातो मच्छिन्द्रनाथको रथ यात्रालाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै न्यून उपस्थितिमा रथारोहण गरिने प्रशासनको भनाइ छ । विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर जेठ १ गते प्रतिकात्मक रूपमा रथ तानेर रथारोहण सम्पन्न गर्ने र  खटमा राखेर बुङ्मतीमा पुर्‍याउने निर्णय भएकाे थियाे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यी हुन रथरोहणका लागि तोकिएका निषेधित क्षेत्र :

रातो मच्छिन्द्रनाथको रथ रहेको आसपासको क्षेत्र,

पूर्व मदन स्मारक स्कुल अगाडिको चोक,

रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिम तर्फको बारुण यन्त्र रहेको क्षेत्र,

सेन्ट जेभियर्स स्कुल अगाडिको चोक,

लविम मल पश्चिमपट्टीको सडक,

मिन नाथको रथ रहेको आसपासको क्षेत्र,

गणेशस्थान मन्दिर,

टवहाल चोक,

इति चोक,

टंगल र चक्रवहिली गल्ली ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  २०:५३
प्रतिक्रिया दिनुहोस्