site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शिक्षामन्त्री श्रेष्ठद्वारा कार्यभार ग्रहण, पहिलो कार्यकालका कामको विवरण सार्वजनिक 
Ghorahi CementGhorahi Cement

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयको पदभार ग्रहण गरेका छन् । उक्त मन्त्रालयको दोस्रो कार्यकाल सम्हाल्दै मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईटी) को सन् २०२१–२०२५ को पाँच वर्षे रणनीति सम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गरेका छन् । 

सो अवसरमा उनले कोभिड संक्रमण नियन्त्रण गर्न सबैको सहयोग अत्यावश्यक रहेको उल्लेख गरेका छन् । उनले कक्षा १० को एसईई र १२ को परीक्षाको मोडलको विषयमा चाँडै नै निर्णय गरिने बताए ।  

Agni Group

शितलनिवासमा राष्ट्रपति समक्ष सपथग्रहण भए लगत्तै मन्त्रालयमा पदभार ग्रहण गर्न मन्त्री श्रेष्ठ मन्त्रालय गएका थिए ।  

यसैबीच पुस १२ देखि पद सम्हालेका मन्त्री श्रेष्ठले  साढे ४ महिनाको पहिलो कार्यकालमा महत्वपुर्ण २० काम भएको मन्त्रालयले जनाएको ।  उनको पहिलो कार्यकालमा ६ अर्ब रुपिया बराबरको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा आएको थियो ।

Global Ime bank

यस्तै, राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को निर्णयबाट लामो समयदेखि कायम रहेको कक्षा ११ को पाठ्यक्रमको विवाद निरुपण गरिएको छ । विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिवको नियुक्ति र काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति नियुक्ति प्रक्रिया सम्पन्न भएको छ । 

कोभिड–१९ को कारण अवरुद्ध भई विलम्ब हुन गएको कक्षा–१२को परीक्षाको परिणाम प्रकाशन गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC