site stats
बाह्रखरी :: Baahrakhari
खेल
मोनाको फ्रेन्च कपको फाइनलमा 

काठमाडौं । मोनाको फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मोनाकोले पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग भेट पक्का गरेको हो ।

बिहीबार राति भएको सेमिफाइनलमा मोनाकोले दोस्रो डिभिजनको क्लब रुम्ली भालियर्सलाई ५–१ ले पराजित गर्‍यो । खेलमा सुरुवाती अग्रता भने भालियर्सले बनाएको थियो । २०औँ मिनेटमा एलेक्सी प्युगेटले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्थर बोजोनको आत्मघाती गोलबाट २८औँ मिनेटमा मोनाकोले बराबरी गर्‍यो । ३२औँ मिनेटमा उरेलिनले गोल गर्दै मोनाकोलाई २–१ को अग्रता दिलाए । विसम बेन एड्डरले ५५औँ मिनेटमा गोल गर्दा मोनाकोले ३–१ को अन्तर बनायो ।

७८औँ मिनेटमा सेस फाब्रिगासले गोल गरेपछि मोनाकोले ४–१ को अग्रता बनायो । ८१औँ मिनेटमा एलेक्सानडर गोलोभिनले गोल गर्दै मोनाकोलाई ५–१ को जित दिलाए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  ०९:४४
प्रतिक्रिया दिनुहोस्