काठमाडौं । लनहर्बले कोभिडको समयमा पनि विद्यार्थिलाई अनलाइन शिक्षा दिइरहेको छ । कोभिडको दोस्रो लहरले देशभरका शैक्षिक संस्थाहरु बन्द रहेको अवस्थामा लर्नहबले प्रविधिको प्रयोग गर्दै घरमै बसेर बालबालिकाहरुलाई कोडिङको विषयमा ज्ञान र सीप प्रदान गरिरहेको छ ।
निषेधाज्ञाको बेलामा प्रविधिको प्रयोग गर्दै घरमै बसेर बालबालिकाहरुलाई कोडिङको विषयमा ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले लर्नहबको सुरुवात भएको जनाएको छ । । महामारीको समयमा घरमै बस्नुपर्ने बाध्यताले धेरै बालबालिकाहरुमा मानसिक तनाव बढ्न सक्ने विभिन्न अध्ययनहरुले देखाएको अवस्थामा बालबालिकामा त्यस्तो प्रभाव नपरोस भन्ने उदेश्य रहेको लर्नहबले जनाएको छ ।
यसले बालबालिकाहरुलाई विभिन्न खेलको माध्यमबाट कोडिङको प्रशिक्षण दिएर उनीहरुलाई डेभलपरको रुपमा विकास गराउन मद्दत गर्ने दाबी गरेको छ । कक्षा १ देखि कक्षा १० सम्मको विद्यार्थीको लागि लर्नहब एउटा प्रभावकारी प्लेटलफर्म उसको दाबी छ ।
लर्नहबमार्फत विद्यार्थीले विभिन्न गेम तथा अन्य एप्लिकेशनहरु डेभलप गर्ने मात्र नभई, कम्युनिकेसन स्किल, सिर्जनात्मक क्रियाकलाप, मष्तिस्क विकास, संख्या गणना लगायत विषयहरु पनि शिक्षा प्रदान भइरहेको छ ।
कुनै रेकर्डेड भर्सन नभई लर्नहबले विद्यार्थीलाई लाइभ कक्षामार्फत शिक्षा प्रदान गरिरहेको छ । प्रत्येक विद्यार्थीहरुको लागि छुट्टाछुट्टै तालिम प्राप्त शिक्षकको व्यवस्था गरिएको छ । कक्षा हप्तामा दुइघण्टा सञ्चालन गरिनेछ । एउटा कक्षा एक घण्टाको हुनेछ । साथसाथै विद्यार्थी आफैले पनि आफ्नो समयानुकुल शिक्षकको समय मिल्ने गरि आफ्नो कक्षाको समय आफैं तय गर्नसक्नेछन् ।
कक्षाको विचमा विद्यार्थीको क्षमता अभिबृद्धिको लागि लर्नहबले समयसमयमा विभिन्न प्रतियोगिताहरुको पनि आयोजना गर्दै आएको छ ।