site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजबाट अक्सिजन व्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकाका सबै सरकारी तथा निजी अस्पताललाई आजबाट अक्सिजन व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको छ । कोरोना संक्रमणका बिरामी थपिँदै जाँदा अक्सिजनको चरम अभाव भइरहेका बेला स्वास्थ्य मन्त्रालयले अक्सिजनको ब्यबस्थापन गर्ने भएको हो । 

बिहीबार मुख्य सचिवको नेतृत्त्वमा बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले आजबाट आवश्यक अक्सिजन सिलिण्डरको आपूर्तिको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अब मेडिकल अक्सिजनको प्रयोग र आवश्यकता सम्बन्धी मापदण्ड, २०७८ अनुसार स्वास्थ्य मन्त्रालयले व्यवस्थापन मिलाउने छ । यसअघि यो काम सीसीएमसीले गर्दै आएको थियो । सहज अवस्थामा भने अस्पताल आफैंले अक्सिजनको जोहो गर्थे । अक्सिजनको अभाव सुरु भएपछि सीसीएमसीले अस्पतालहरुमा अक्सिजनको कोटा निर्धारण गरेको थियो ।

बैठकले स्वास्थ्य मन्त्रालयलाई गृह मन्त्रालय र स्थानीय प्रशासनले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । निर्णय अनुसार कुन अस्पताललाई कति अक्सिजन दिने भन्ने निर्देशन आजबाट स्वास्थ्य मन्त्रालयले जारी गर्ने छ ।

Global Ime bank

यसैबीच, सरकारले एकसय भन्दा बढी बेड क्षमता भएका अस्पताललाई १५ दिन भित्रमा अक्सिजन प्लान्ट जडान गर्न निजी अस्पताललाई निर्देशन दिएको छ । 

तर, निजी अस्पतालहरुले १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न नसकिने बताइसकेका छन् । 

१५ दिनमा अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौँ, हावादारी निर्देशन दिएर सरकार पन्छिन खोज्यो : अफिन

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  ०७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC