site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ : बाबुराम भट्टाराई
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । उनले माइक्रो ब्लगिङ साइटमा ट्विट गर्दै सिद्धान्तहीनता, खुराफात, किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएको बताएका छन् ।

उनले अदालत, संसद्, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्ने तर्क अघि सारेका छन् ।

“जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ,” उनले भनेका छन्, “सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएका छन् । अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ । सबैले आत्मसमीक्षा गरौँ ।”

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २०:४६
प्रतिक्रिया दिनुहोस्