site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली–नेपाल सहमतिपछि योगेशको आग्रह : एकतालाई कमजोर गर्ने टिप्पणी नगरौँ
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमालेभित्रको विवाद सहमतितर्फ अग्रसर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच तत्काल राजीनामा नदिने र विवाद समाधान गर्न कार्यदल बनाउने समझदारी भएपछि एमाले विभाजन टरेको छ । र, पुनः एमालेकै सरकार बन्ने बाटो पनि खुलेको छ । 

यसले कार्यकर्तामा उत्साह सञ्चार गरेको छ । पार्टीका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले एकतालाई कमजोर पार्ने टिप्पणी नगर्न आग्रह गरेका छन् । फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, “पार्टी एकता सबैको चाहना हो । आज अध्यक्ष कमरेड केपी ओली र वरिस्ठ नेता कमरेड माधवकुमार नेपालका बिचमा भएको वार्ताले परिस्थितिलाई सकारात्मक दिशा दिएको छ । आजको थालनीलाई तार्किक निष्कर्षमा पुर्‍याउन, पार्टीमा सबैको सम्मानजनक अवस्था सिर्जना गर्न र नेकपा एमालेलाई थप एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा पार्टीलाई श्रेष्ठ साबित गर्ने कार्यभारमा सबैलाई गोलबन्द गरौँ । एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरौँ । धैर्य गरौँ ।”

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २०:३५
प्रतिक्रिया दिनुहोस्