site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधानको रक्षाका लागि एक मात्र विकल्प विद्रोह हाे, लिखित सहमतिविना नझुकाैँ : रामकुमारी झाँक्री
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिविना अध्यक्ष केपी ओलीसँग अलमलमा पर्न नहुने बताएकी छन् । ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल चलिरहेका बेला नेतृ झाँक्रीले बिहीबार साँझ सामाजिक सञ्जालमा‍‌र्फत ओलीले संसद् विघटनलाई सही प्रमाणित गर्न चाल चालिरहेकाले सतर्क हुनुपर्ने बताएकी हुन् । 

“ठोस प्रस्ताव र लिखित सहमतिविना अलमलमा पर्नुहुन्न । आफूले संसद् विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इशारमा यो सबै हुँदैछ । ठोस प्रस्ताव विनाको संवादको अर्थ छैन,” झाँक्रीले लेखेकी छन् । 

साथै उनले जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि एक मात्र विकल्प विद्रोह भएकाले आत्मसमर्पणले कम्युनिस्ट आन्दोलनको विसर्जन गर्ने दाबी गरकी छन् । “जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र विकल्प हो विद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिस्ट आन्दोलनको विसर्जन गर्छ । सचेत बनौँ,” झाँक्रीले भनेकी छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १६:४२
प्रतिक्रिया दिनुहोस्