site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१० अंकले बढ्दा नेप्से २७०० नजिक, १२ कम्पनीको मूल्यमा सर्किट लाग्दा ७ अर्बमाथिको कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढ्दा २७०० अंकको विन्दुनजिक पुगेको छ । बिहीबार २६७३.८८ अंकमा बन्द भएको नेप्से बिहीबार १०.१३ अंकले वृद्धि हुँदा २६८४.०१ अंकमा बन्द भएको छ ।

‘प्रि–ओपन’ सेसनमा नै २५ अंकले वृद्धि भएर २७०१.९२ अंकमा खुलेको नेप्से ‘इन्ट्रा–डे’ कारोबारमा २७०२.७४ अंकसम्म पुगेर २६७९.०३ अंकसम्म झरेको थियो । नेप्सेसँगैँ ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्टिभ इन्डेक्स पनि १.१२ अंकले बढेर ४७९.५० अंकमा बन्द भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

व्यापार होटेल तथा पर्यटन, उत्पादनमूलक र लगानी उपसूचकमा गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.१८ प्रतिशतले बढेको छ । यस्तै, वित्त कम्पनी उपसूचक सर्वाधिक ४.६८ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक २.५१ प्रतिशत र हाइड्रोपावर उपसूचक १.४१ प्रतिशतले बढेको छ । व्यापार र होटेल तथा पर्यटन उपसूचक भने समा ०.६ प्रतिशतले घटेको छ ।

बजार परिसूचकसँगै कारोबार रकम पनि बढेर ७ अर्ब नाघेको छ । आज नेप्सेमा २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ६८ लाख ८५ हजारको कारोबार भएको छ ।

Global Ime bank

आज कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीले लिड गरेको छ । कम्पनीको सर्वाधिक ४९ करोड ४ लाख ७६ हजारको कारोबार हुँदा नेसनल हाइड्रोपावरको २५ करोड ६७ लाख १० हजार र अरुण काबेली पावरको २१ करोड ६० लाख २० हजारको कारोबार भएको छ ।

आज नेप्सेमा १२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर कारोबारीहरु कमजोर फन्डामेन्टल भएका सस्ता हाइड्रोपावरसहित वित्त कम्पनीको पछि लाग्दा केही दिनयता त्यस्ता कम्पनीको सेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ ।

आज सकारात्मक सर्किट लाग्नेमा दिव्येश्वरी हाइड्रोपावर, समता, घरेलु लघुवित्त, विशालबजार कम्पनी, रुरु जलविद्युत् कम्पनी, सांग्रिला डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स र जोशी हाइड्रोपावर छन् । त्यस्तै, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत् कम्पनी, खालीखोला हाइड्रोपावर, वेस्ट फाइनान्स र सेन्ट्रल फाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यता, रिडी हाइड्रोपावरको सेयर मूल्य २.०९ प्रतिशतले घट्दा राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य १.९९ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका ११२ कम्पनीको सेयर मूल्य बढ्दा ५८ कम्पनीको  सेयर मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्य  भने स्थिर रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC