site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सकियो देउवा–दाहाल भेट 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । 

देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्ता भर्खरै सकिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रपतिले दिएको समयसीमाभित्र बहुमतको सरकार गठनका लागि दलहरुको दौडधुप जारी रहेका बेला दुई पार्टीका प्रमुखबीच भेटवार्ता भएको हो ।

भेटमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि रहेको बताइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १५:४१
प्रतिक्रिया दिनुहोस्