site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमाले विवाद : जेठ २ मा फर्किए एकता, नफर्किए राजीनामा 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही फुकुवा गरेपछि विवाद मोडिएको छ । आज बसेको स्थायी कमिटी बैठकले नेताहको कारबाही फुकुवा गरेपछि अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच आज वार्ता हुँदैछ । केही बेरमा हुने वार्तामा ओली २०७५ जेठ २ गते अघिको संरचनामा फर्कन सहमत नभए सांसदहरुले आजै राजीनामा दिने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।
 
“फुकुवा हुनु ठूलो कुरा होइन् । कार्बाही गर्नु उचित थिएन । हाम्रो माग जेठ २ गतेको एमालेको संगठनात्मक संरचनामा फर्कनुपर्छ भन्ने हो । आगामी दिनमा के गर्नुपर्ने भन्ने निर्णय गर्नुपर्छ । हामीले यो पहिल्यैदेखि उठाउँदै आएको कुरा हो । त्यो ओलीले मान्नुभएन,” उनले बाह्रखरीसँग भने ।
 
त्यस्तै ज्ञवालीले ओलीले एकलौटी रुपमा गरेका फागुन २८ गते र त्यस यताका सबै निर्णय खारेज हुनुपर्ने बताए ।  आज ओली र नेपालबीच छलफलमा ओलीले आफूहरुको माग संम्बोधन नगरे सांसदहरुले राजीनामा दिने उनको जिकिर छ ।

“उहाँहरुबीच आज छलफल हुँदैछ । ओली जेठ २ मा फर्कन सहमत हुनुभएन भने राजीनामा दिन्छौं । सहमत भए पार्टी एकता हुन्छ । राजीनामा अथवा पार्टी एकता त्यही भेटले टु्ंगो लगाउँछ,” उनले भने ।

एमालेको खनाल–नेपाल समूहले जेठ २ मा फर्कनुपर्ने माग राख्दै आएको छ । तर, त्यसमा फर्कन ओलीले अस्वीकार गरिरहेका छन् ।
 
संसदमा ओलीले विश्वास गुमाएपछि आह्वान भएको बहुमतको सरकार बनाउने मिति आज सकिँदैछ । खनाल–नेपाल समूह त्यसअघि नै राजीनामा बुझाउने तयारीमा रहेपछि ओली फकाउने कसरतमा जुटेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC