site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले नेता पाण्डे भन्छन्– कारबाही फिर्ता सकारात्मक छ, अब जेठ २ मा फर्किएर विवाद मिलाऔँ
Sarbottam CementSarbottam Cement

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता सुरेन्द्र पाण्डेले कारबाही फिर्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले कारबाहीको औचित्य पुष्टि गर्न नसकेर फिर्ता लिएकाले सकारात्मक मान्नुपर्ने बताउँदै पार्टीको विवाद मिलाउने हो भने २०७५ जेठ २ मा निशर्त फर्कनुपर्ने बताए ।

“हामीले कारबाही फिर्ता गलत भनेर हिजै भनेका थियौँ । आज फिर्ता लिएपछि सकारात्मक नै मान्नुपर्‍यो,” उनले बाह्रखरीसँग भने, “पार्टी एकताको प्रस्थान विन्दु २०७५ जेठ २ नै हो । त्यसमा फर्किएमात्रै एकताको सम्भावना हुन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले देशभरका कार्यकर्ताको माग पार्टी एकता नै भएकाले ओलीलाई जेठ २ मा फर्कन आग्रह गरे ।

“कारबाहीको त कुनै औचित्य थिएन । फिर्ताले मात्रै जोड्न सक्दैन, अब जेठ २ मा फर्किऔँ,” उनले थपे । 

Global Ime bank

विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी ओली र नेता माधवकुमार नेपालबीच आजै भेटवार्ता हुँदैछ । भेटवार्तामा एकता कि राजीनामा निरूपण हुने नेता युवराज ज्ञवालीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC