site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यस्ता छन् एमाले बैठकका चार निर्णय 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहितका चार नेताको कारबाही फुकुवा लगायत चार निर्णय गरेको छ । बैठकले नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कार्बाही फुकुवा गर्ने निर्णय गरिएको हो । आज बिहान बालुवाटारमा बसेको बैठकले केन्द्रीय सदस्य एवं वागमती प्रदेशसभा सदस्य कमरेड पशुपति चौलागाईको कोभिड संक्रमणका कारण भएको निधनप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेको छ । 

त्यस्तै बैठले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा ओलीले कोभिड महामारीको पछिल्लो जटिल अवस्था र यसको सामना गर्न सरकारले चालिरहेका कदमहरूका सन्दर्भमा बैठकलाई जानकारी गराएका थिए । बैठकले अक्सिजनको पर्याप्त, प्रभावकारी र नियमित आपूर्ति, खोप लगायत जीवनरक्षक औषधिहरूको प्रबन्ध, अस्पतालहरूको पूर्वाधार विस्तार लगायत कामका लागि राज्यको सम्पूर्ण शक्ति परिचालित गर्न र मित्र राष्ट्रहरूबाट आवश्यक सहायता जटाउन थप कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC