site stats
बाह्रखरी :: Baahrakhari
खेल
पीएसजी फ्रेन्च कपको फाइनलमा 

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रेन्च लिग वानको उपाधि दाबेदार टोली फाइनलमा पुगेका हो ।

बुधबार राति भएको सेमिफाइनल खेलमा पीएसजीले मोन्टेपेलियरलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्‍यो । निर्धारित र अतिरिक्त समयमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलको १०औँ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ४५औँ मिनेटमा लाबोर्डेले मोन्टेपेलियरका लागि बराबरी गोल फर्काए । पीएसजीका लागि ५०औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए । मोन्टेपेलियरका लागि ८३औँ मिनेटमा एन्डीले बराबरी गोल फर्काए ।

पेनाल्टीमा पीएसजीका लागि नेयमार, डी मारिया, जलियन, लिन्ड्रो डानिल, माक्र्विन्होस र मोइस किनले गोल गरे । मोन्टेपेलियरका लागि तेजी, एन्डी डोलेर्ड, स्टेफी, महाइलो, लाबोर्डेले गोल गरे । मोन्टेपेलियरका जुनियर साम्बियाले गोल गर्न सकेनन् ।

पीएसजीले अब फाइनलमा मोनाको र भालियर्सबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १०:४३
प्रतिक्रिया दिनुहोस्