site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपाल र विष्णु पौडेलबीच के भयो कुराकानी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विग्रह उत्कर्षभित्र अभिमुख भएको बेला नेताहरूबीच संवाद तीव्र हुन थालेको छ ।

आज बिहान नेता माधवकुमार नेपाल र अर्थमन्त्री तथा संगठन विभाग प्रमुख विष्णु पौडेलबीच कोटेश्वरमा करिब २० मिनेट कुराकानी भएको छ । नेता नेपाल र पौडेलबीचको संवाद एमाले संसदीय दलका नेता सुवास नेम्वाङले पुष्टि गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

नेता नेपाल भेट्न अर्थमन्त्री पौडेल निजी गाडीमा बिहीबार बिहान ८ः४५ बजेतिर कोटेरश्वर पुगेको स्रोतको दाबी छ । नेपाल–पौडेल संवादमा सोम पाण्डे पनि साक्षी थिए ।

नेता नेपाललाई भेट्न पौडेललाई कोटेश्वर पठाएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ बजे स्थायी कमिटीको बैठक बोलाए । भेटमा पौडेलले राजीनामाको निचोड त्यागेर सहमतिको मिलनविन्दुको खोजी गर्न आग्रह गरेको स्रोतले जानकारी दियो ।

Global Ime bank

“उही पुरानै प्रस्ताव छन् । फागुन २८ को निर्णय मान्य हुनेगरी कुनै मिलनविन्दु खोजौँ भन्ने छ, मूर्त प्रस्ताव छैन,” स्रोतले भन्यो ।

स्थायी कमिटी बैठकले खनाल–नेपाल पक्षसँग सहमतिका लागि सार्थक प्रयास गर्नेबारे निर्णय लिने बताइएको छ । सम्भावित निर्णय के हुने भन्नेबारे स्रोतले खुलाउन चाहेन ।

यता, संसद्मा प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको तीनदिने समयसीमा आज राति ९ बजे सकिँदै छ । खनाल–नेपाल समूह राजीनामापत्र तयार पारेर बसेको छ । यद्यपि त्यहाँ पनि राजीनामाबारे मत विभाजन छ ।

पार्टी फुटतर्फ अघि बढेपछि दोस्रो तहका नेताहरू अघि बढेर मध्यमार्गी विन्दु पहिल्याउन जोड दिइरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC