site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

आफ्नै दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का २८ सांसदको निर्णायक अनुपस्थितिका कारण प्रधानमन्त्री खड्गप्रसाद ओलीले सोमवार प्रतिनिधि सभाको विश्वासको मत पाएनन् । फलस्वरूप, उनी नेपालको संविधान, २०७२ को धारा १०० को उपधारा (३) अनुसार  आफ्नो पदबाट मुक्त भए । 

प्रतिनिधि सभा विघटन गर्ने ‘असंवैधानिक’कदम चाल्ने प्रधानमन्त्री ओलीले सदनबाट विश्वासको मत नपाउनु उचित र आवश्यक थियो । यद्यपि, सर्वोच्च अदालतले  प्रतिनिधि सभा विघटनको कदम बदर गर्नेबित्तिकै २०७७ साल फागुन ११ गते नै उनले नैतिकताका आधारमा राजीनामा गरेर पदत्याग गरेको भए अझ उत्तम हुनेथियो ।

अर्को मन्त्रिपरिषद्को गठनका लागि संविधानको धारा ७६ को उपधारा ९२० बमोजिमको प्रक्रिया सुरु भएको छ । प्रतिनिधि सभामा एउटै दलको बहुमत नभएकाले वैशाख ३० गतेभित्र दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्ने दाबी  प्रस्तुत गर्न आह्वान गरिएको हो । 

Agni Group

सरकार गठनको प्रक्रिया सुरु भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले अर्को सरकार गठन गर्ने प्रक्रिया अलमल्याउने हुन् कि भन्ने आशंका  त अहिलेका लागि सकिएको छ ।  परन्तु, प्रतिनिधि सभाको संरचना र सत्तारूढ एमाले तथा विपक्षी जनता समाजवादी पार्टीभित्र विकसित घटनाक्रमले राजनीति थप पेचिलो र अनिश्चित हुनपुगेको छ ।

अर्को सरकार गठनका लागि प्रतिनिधि सभामा कायम रहेका सदस्य सङ्ख्याको बहुमत अर्थात् कम्तीमा १३६ सदस्यको समर्थन चाहिन्छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँगै जनता समाजवादी पार्टीका सबै सदस्य सामेल भए बहुमत पुग्छ । तर, जसपा अध्यक्ष महन्थ ठाकुरले अर्को सरकार बनाउने प्रक्रियामा सहभागी नहुने अडान सार्वजनिक गरेर यो सम्भावना तुहाइदिएका छन् । 

Global Ime bank

त्यसो हुन नसके एमालेका सबै सदस्य एक हुनेर जनता समाजवादी दलका १५ जना सदस्यले  समर्थन गरेमात्र बहुमतको सरकार गठन हुनसक्छ । एमालेमा संसदीय दलको नेतृत्व परिवर्तनविना अर्थात् केपी ओलीलाई जसपाको अर्को  घटकले समर्थन गर्ने सम्भावना पनि देखिँदैन । यसैले सरकार गठनको प्रक्रिया सजिलै र छिटै नटुंगिने सम्भावना बलियाे छ ।

अर्कातिर, देशमा भयावह महामारी फैलने रोकिने लक्षण छैन । सङ्क्रमितहरूको उपचारका लागि आवश्यक अस्पतालका शय्यादेखि अक्सिजनसम्मको चर्को अभाव छ । सङ्क्रमितको मृत्युदर तीव्र गतिमा बढिरहेकोछ । खोपको आपूर्ति मूलतः कमिसनका कारण रोकिएको छ । यस्तो अवस्थामा देशमा प्रभावकारी सरकार आवश्यक हुन्छ ।  

दुर्भाग्य, यस्तो गम्भीर सङ्कटको कठिन अवस्थामा देशमा गतिलो र विश्वसनीय राजनीतिक नेतृत्व छैन । राजनीतिमा अहिले क्रियाशील कथित शीर्ष नेताहरू कोभिड-१९ को कहर साम्य पार्न गम्भीर होलान् भनेर अपेक्षा गर्न  सकिने पनि देखिँदैन । विडम्बना, नेपालीका सामु अहिले अर्को विकल्प पनि छैन ।

नेपाली जनताले सामना गर्नु परेको यो सङ्कट कसैले चमत्कार गरेर टार्न त सकोइन तर शासकहरू गम्भीर हुने हो भने मत्थर गर्दै लैजान नसकिने पनि होइन । सङ्क्रमण नियन्त्रण गर्न गर्नुपर्ने कार्यका सम्बन्धमा आवश्यक सल्लाह विज्ञहरूले दिनसक्छन् । चिकित्सक र प्रहरी एवं प्रशासकहरूले तिनको सल्लाह इमानदारी साथ कार्यान्वयन गरिदिए सङ्क्रमण नियन्त्रणको प्रयत्न सफल हुनेछ ।

यसैबीच राजनीतिक दलका नेताले सत्ता लिप्सा त्याग्न सके यही संसद्बाट अर्को बहुमतको सरकार गठन हुन खासै कठिन नहुनुपर्ने हो । एमालेको असन्तुष्ट समूहले पार्टीको ह्विप मान्ने वा राजीनामा दिने गरेमा वा जनता समाजवादी पार्टी एकमत वा दुई चिरा भएमा बहुमतको अर्को सरकार बन्न सक्नेछ ।

अब निर्णय त जनप्रतिनिधिले नै गर्ने हो । जनताप्रति जिम्मेवार भएर भने छिटो र सही निर्णय गरुन् । इतिहासले नेपालका राजनीतिकर्मीको परीक्षा लिइरहेको छ । भावी पुस्ताले पुर्खालाई धिक्कार्ने निर्णय नगर ! माधव नेपालहरू ‘ह्यामलेटियन’ दुबिधा र महन्थ ठाकुरहरू ‘म्याक्बेथियन’ महत्त्वाकांक्षाबाट मुक्त होऊन् !       
 
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC