site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले जसपाबाट पनि विश्वास नपाउने संकेत 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैकल्पिक सरकारका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा)मा प्रधानमन्त्रीको कित्ताबाट बाहिरिने संकेत देखिएको छ ।

पूर्वराजपा र पूर्वसमाजवादी कित्तामा विभाजित हुँदा संसद् र पार्टी दुवैतिर बहुमतमा भएका महन्थ ठाकुरले केपी शर्मा ओलीलाई नै विश्वास दिएर मधेसमा माग, मुद्दा सम्बोधन गराउने उद्घोष गरेका थिए । तर, दोस्रो अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीलाई लोकतन्त्रविरोधी भन्दै समर्थन गर्न नसकिने बताउँदै आएका थिए ।

यही वैशाख १५ गते यादव र भट्टराईले पार्टीको कार्यकारिणी बैठक राख्न माग गरेका थिए । उनीहरुको मागमा अध्यक्ष ठाकुरले निषेधाज्ञापछि मात्र बैठक बस्ने जवाफ दिएपछि यादव–भट्टराई पक्षले एकतर्फी हस्ताक्षर संकलन गरेर लुम्बिनी प्रदेशमा ओलीनिकटका शंकर पोखरेललाई  समर्थन जनाउने चार सांसदलाई कारबाही गरिसकेको छ । त्यही कारबाहीदेखि जसपा पूर्वराजपा र पूर्वसमाजवादी कित्तामा विभक्त छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विभाजितहरुमध्ये ठाकुर पक्षले ओलीलाई समर्थन दिने र यादव–भट्टराई पक्षले ओलीविरुद्ध उभिने अडान सार्वजनिक गर्दै आएका छन् । ठाकुर पक्षले यसलाई जसपामा वैचारिक ध्रुवीकरणको प्रयास भइरहेको भन्दै कम्युनिस्टहरु पार्टी कब्जा गर्ने वा छुट्टिने विकल्पको खोजीमा लागेको अर्थ्याउँदै आएको थियो ।

“जसपामा अहिले लोकन्त्रवादी र कम्युनिस्टहरु आ–आफ्नो समूहमा छुट्टिनेक्रम सुरु भएको छ, महेन्द्र यादवको उपेन्द्रतर्फ लाग्ने कारण नै त्यही हो,” ठाकुरनिकटका एक नेताले भने, “उपेन्द्र–बाबुराम मधेसका माग, मुद्दा सम्बोधन गराउनेभन्दा अहिले केपी ओलीसँग प्रतिशोध साँध्न खोज्दै हुनुहुन्छ ।”

Global Ime bank

उनले उपेन्द्रले मन्त्रीबाट लज्जास्पद रुपमा निकालेको र बाबुरामले ६९ सालमा निर्वाचन गर्न नदिएकोदेखि कम्युनिस्ट गठबन्धनबाट टिक्न नदिएर निकालेकोसम्मका विषयमा ओलीविरुद्ध प्रतिशोधन साँधिरहेको दाबी गरे । तर, अहिले जसपामा राजपा–समाजवादी वा कम्युनिस्ट–लोकतन्त्रवादीको विभाजनमा बदलाव आएको छ ।

राजपा भर्सेस समाजवादीको अवस्थामा बदलाव 
केही दिनयता जसपामा कम्युनिस्ट–लोकतन्त्रवादी वा राजपा–समाजवादी धारको विवादमा बदलाव आएको छ । वैशाख १५ गते उपेन्द्र–बाबुराम समूहले कार्यकारिणी समितिका ५१ मध्ये २६ सदस्यको हस्ताक्षर संकलन गरी लुम्बिनी प्रदेशका चार सांसदलाई कारबाही गरिसकेको छ भने त्यही हस्ताक्षर देखाएर पार्टीमा बहुमत रहेको दाबी पनि गरिरहेको छ ।

त्यसको विकल्पमा अध्यक्ष महन्थ ठाकुर पक्षले संसदीय दलमा सांसदहरुको हस्ताक्षर संकलन गरिरहेको छ । १८ सांसदको हस्ताक्षर संकलन भइसकेको र अध्यक्ष ठाकुर स्वयम्, राजेन्द्र महतो, शरत्सिंह भण्डारी र राजकिशोर यादवको हस्ताक्षर चाहिएकै दिन हुने भन्दै आफूसँग २२ सांसद रहेको दाबी गरिरहेको छ । उसले विश्वासको मत उपेन्द्र पक्षले नदिँदा पनि ओलीको पद जोगिने र मधेसका माग उनैबाट सम्बोधन गराउने बताउँदै आएको थियो ।

तर, पछिल्ला केही दिनमा जसपाको शक्ति सन्तुलनमा पुनः बदलाव देखिएको छ । ठाकुर पक्ष देखिएका पूर्वराजपाका नेताहरुले नै हस्ताक्षर संकलनका विरुद्धमा आवाज उठाउँदै पार्टी बैठक माग गर्न थालेका छन् । त्यसो गर्नेमा राजेन्द्र महतो, शरत्सिंह भण्डारी र राजकिशोर यादव देखिएका छन् । उनीहरुले विश्वासको मत दिने पक्षमा उभिने वा विपक्षमा उभिने निर्णय पार्टीको कार्यकारिणीबाट हुने भन्दै त्यसको अर्को विकल्प नभएको बताउन थालेका छन् ।

“प्रधानमन्त्रीलाई विश्वासको मत दिने भए पनि र विश्वासको मतको विरुद्धमा उभिने भए पनि त्यो निर्णय पार्टीले गर्छ र आगामी २७ गतेअघि पार्टीको बैठक बस्छ,” जसपा नेता शरत्सिंह भण्डारीले भने, “पार्टी जहाँ उभिएपनि एक ठाउँ उभिन्छ ।”

उनले पार्टी बैठकबाहिर घर–घरबाट हस्ताक्षर संकलन गर्ने काम उपेन्द्रबाट गलत भएको र अहिले महन्थ पक्षले पनि गलत गरिरहेको भन्दै पार्टी एकता खल्बल्याउने अधिकार कसैलाई नभएको बताए । “पहिले उपेन्द्रले गल्ती गर्नुभयो, त्यही गल्ती महन्थजीले दोहोर्‍याउने हैन, सच्याउन सक्नुपर्छ,” भण्डारीले भने ।

सत्ता गठबन्धनको विकल्प खोजिएला ?
प्रतिनिधिसभा पुनःस्थापनापछि वैकल्पिक सरकार बनाउने बहस चले पनि जनता समाजवादी पार्टी (जसपा)को अनिर्णयका कारण अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत चैत २० गते नै वैकल्पिक सरकार बनाउने र त्यसका लागि आफूले अग्रसरता लिने निर्णय गरेको थियो । नेकपा (माओवादी केन्द्र)ले पनि वर्तमान प्रधानमन्त्री प्रतिगमनकारी भएको भन्दै विकल्प खोज्ने निर्णय गरको थियो । तर, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने ओलीले संसद्मा विश्वासको मत लिने प्रयोजनका लागि विशेष अधिवेशन आह्वान गरिएपछि मात्र फिर्ता लिएको छ ।

तर पनि जसपा अनिर्णीत हुँदा प्रधानमन्त्रीमा ओलीकै निरन्तरता हुने विश्लेषण हुँदै आएको छ । जसपामा पार्टीको बहुमत ओलीको विरुद्धमा र संसदीय दलको बहुमत ओलीको पक्षमा हुँदा निर्णय ओझेलमा पर्दै आएको थियो । तर, पूर्वराजपा पक्षका नेताहरु, जो महन्थ ठाकुरको शक्तिका स्रोत हुन्, उनीहरुबाटै पार्टी बैठकको माग भएपछि जसपा एउटा निर्णयमा पुग्ने अवस्था बनेको छ ।

बहुमत पक्षको हस्ताक्षर र उसको पक्षको धारणा हेर्दा जसपाले पार्टी बैठकबाट ओलीको विपक्षमा निर्णय गर्न सक्छ भनेर अनुमान गर्न सकिन्छ । तर, अहिले नै उसको निर्णयबारे निष्कर्ष निकाल्नु हतारो हुन्छ । यद्यपि, के भन्न सकिन्छ भने जसपा जुन अन्योलपूर्ण यात्रामा छ, त्यसबाट बाहिर निस्किएर कुन राजनीतिक बाटोमा हिँड्छ भन्ने कुरा भने स्पष्ट हुने अवस्था बन्न सक्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय