site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेताकाे बिउ मासिएकै हो त ?

हरेक ४-५ वर्षमा बिउ नफेर्ने हो भने जति किसानको मेहनतअनुसार बाली हुँदैन । अझ प्रत्येक वर्ष बाली घट्दै जान्छ । बाली घट्न थालेपछि बिउ फेर्ने गरिन्छ । 

केही वर्ष यताकाे नेपालको राजनीति हेर्दा नेताकाे पनि बिउ मासिएजस्तो देखिन्छ । राजनीतिक दलका नेताले फल दिनु त परै जाओस् बारी नै बाँझो बनाउने शंका लाग्ने अवस्था उत्पन्न भएको छ । नेताहरूको भौतिक रूप त देखिन्छ तर तिनमा नेतृत्वका लागि आवश्यक आधारभूत गुण भेटिँदैन ।

नेताकाे बिउ नै मासिँदा देशमा संकट आउनसक्छ । कुनै पनि पदार्थ वा विचार एउटा विशेष विधिले अडेको हुन्छ । त्यसको अस्तित्वको विशेष विधि हुन्छ र त्यही विधिले त्यो पदार्थ अथवा विचारलाई टिकाएको हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उदाहरणका लागि पानी हाइड्रोजन दुई भाग र अक्सिजन एक भाग मिसिएर बन्छ । हाइड्रोजन र अक्सिजनको सही मात्रा मिलेन हो भने पानी बन्दैन । 

नेपालका राजनीतिक दलका नेता तथा तिनले अहिले खेलेको राजनीतिक भूमिका हेराैँ । पक्कै पनि हामीले व्यक्तिमा देखेको गुण, उसको भूमिका र व्यवहारको आधारमा नेता स्वीकारेका हुन्छौं । त्यही आधारमा नागरिकको विश्वास टिकेकाे हुन्छ ।

Global Ime bank

नेताका केही आधारभूत विशेषता हुन्छन् । यही आधारमा हामीले नेता र देशको राजनितीलाई स्वीकार गरेका हुन्छौ ।

नेताकाे पहिलो आधारभूत विशेषता हो - विधि तथा निषेधकाे पालना । हामीसँग बल्ब छ, बिजुली पनि छ तर बल्ब जलाउने विधिअनुसार बिजुली प्रवाह नभए बल्ब बल्दैन बरु फुट्न सक्छ । 

यसैगरी, नेताले राजनीति विधिपूर्वक चलाउनुपर्छ । त्यसको मापदण्ड हो संविधान, कानुन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सर्वमान्य सिद्धान्तहरू । राजनीतिक नेताहरूले विधि नाघ्न थालेपछि देशको राजनीति मासिन थाल्छ । 

नेपालको राजनीतिमा डरलाग्दो खडेरी लाग्नुकाे मूल कारण यही विधि माथिको नेताहरूको अतिक्रमण हो । यस अतिक्रमणमा कुनै एउटा दलकाे नेताको विशेषकाे मात्र होइन सबै राजनीतिक पार्टीका नेता सहभागी देखिन्छन् । विधि मासिएपछि नैतिकता पनि रहँदैन । राजनीतिबाट नैतिकता हटेमा बेथिति, भ्रष्टाचार र अहंकारकाे राज हुन्छ ।

देशका प्रधानमन्त्री, प्रतिपक्षदेखि मूलधारका सबै नेता आज सत्तामोह, शक्तिको भोक र दम्भले एकअर्कालाई सिध्याउने खेलमा लागेका छन् । यस क्रममा तिनीहरू देश, संविधान, कानुन मास्ने ‘अमानुष’ हुनपुगेका देखिन्छन् । 

तिनले कहिल्यै पनि नैसर्गिक विधि र आफैँले बनाएको नियम, मूल्य मान्यता जोगाउने प्रयाससम्म पनि गरेको देखिँदैन । अर्थात्, राजनीतिक नेतृत्वकाे बिउ मासिएकै हो त ? 

नेताकाे दोस्राे गुण हो - जिम्मेदारी र दायित्वबोध । गाडी चालकले स्टेरिङ नसमाती गाडीलाई गन्तव्यमा पुर््याउन सक्छ ? असम्भब । चालकको पहिलो आधारभूत जिम्मेदारी हो गाडीकाे स्टेरिङ सम्हाल्नु । उसले यसलाई आधारभूत दायित्व मान्नुपर्छ । अनिमात्र गाडी गन्तव्य पुग्छ । 

राजनीतिक नेताको आधारभूत जिम्मेदारी हो संविधान र कानुनको सही परिचालन र पालना । संविधान र कानुनको पालनाको जिम्मेदारी लिएको व्यक्ति नै संविधान र कानुनप्रतिको दायित्वबोधबाट विमुख भएपछि निश्चित छ त्यहाँ राजनीति गन्तव्यमा पुग्न सक्तैन ।

हेरौँ त हामीले संविधान र कानुनको सुरक्षाको शपथ खुवाएर पठाएकाहरूलाई ! के तिनले आफ्नाे दायित्वबोध गरेकाछन् ? त्यस्तो त कुनै पनि कोणबाट हेर्दा पनि देखिँदैन । 

हामी देख्छौँ हजारौं कार्यकर्ताको जुलुस । हामी सुन्छौं  कथित ठूला नेताको वार्ता, छलफल । तर केका लागि ? उही पद सत्ताका लागि । जुलुस, नारा र वार्ता संविधान, कानुनको रक्षाका लागि त होइन ? 

तेस्रो गुण हो - प्रणाली । हामी नाकबाट सास फेरिरहेका हुन्छौँ । नाकको काम प्राण वायुलाई शरीरभित्र पठाउने र फाल्ने काम गर्नु । नाक थुनेर कान वा आँखाबाट सास लिने र अक्सिजन पाउने गर्न सकिएला त ? असम्भव । यस्ताे प्रयास गरियाे भने छिनभर मै मृत्युवरण गर्नुपर्ने छ ।

राजनीतीमा पनि यस्तै आधारभैत प्रणाली हुन्छ । कस्ले कसरी काम गर्ने हो तोकिएको हुन्छ र त्यो प्रणालीलाई सहजता दिने काम नेताहरूले गरेका हुन्छन् । तर, नेताले नै त्यस्ताे प्रणाली खलबल्याउन थाले भने के होला ? त्यस अवस्थामा पक्कै पनि राजनीति मर्छ ।

राजनीति मासिएपछि सँगै नेता पनि मासिन्छन । त्यस अवस्थामा राजनितीकाे बिउ जोगिन सक्तैन र देश र जनताले अनिकाल भाेग्नुपर्छ । 

आज हाम्रो देशका राजनीतिक नेताहरू मूलतः प्रमुख जिम्मेदारी लिएका प्रधानमन्त्री र उनको भूमिका हेर्दा माथि लेखिएका तीनवटै आधारभूत गुण चरितार्थ गर्न सकेको देखिँदैन ।

यही कारणले नेता मासिएका हुन् । तिनले आफ्नाे स्वार्थलाई आधारभूत मान्यताका रूपमा केन्द्रमा राखेर देशको संविधान, कानुन, व्यवस्थालाई व्याख्या गर्ने र त्यसैअनुरूप प्रयोग गर्ने गरिहेकाछन् । फलस्वरूप, आज देशको राजनीतिकै समेत बिउ मासिने डर पलाएकोछ ।

यसैले विद्वान् बुद्धिजीवी वर्ग, नागरिक अगुवाका साथै जनसाधारणले पनि सोच्ने बेला भएको छ - कतै नेपालको राजनीतिको ३ दशकपछि बिउ फेर्ने बेला भएको त होइन ? हो भने मासिएकाे राजनीतिक दलक नेता फेर्ने सजग र सक्रिय सङ्कल्प गर्नु जरुरी छ । अनिमात्र राजनीतिक बाली सप्रने छ र जनताकाे कल्याण हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC