बाह्रखरी
भर्खरै
Ncell inner sticky
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
रोमाञ्चक खेलमा विराटनगरलाई हाराउँदै काठमाडौं प्ले अफमा 
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, वैशाख २३, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । काठमाडौं रेजर्स पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ ।
फ्रेन्चाईज फुटबल प्रतियोगिताको फाइलन प्रवेश गर्ने क्रममा बिहीबार भएको रोमाञ्चक खेलमा विराटनगर सिटी एफसीलाई ५–४ गोल अन्तरले पराजित गरको हो । 

यो जितसँगै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गोल गरे ।

Duber nepal

Agani Group

यस्तै स्टेफेन बिनोङ र छिरिङ गुरुङले एक–एक गोल गरे । यता विराटनगरका पेड्रो मान्जीले दुई गोल फर्काए । त्यस्तै एडिलाजा सोमिडे र रन्जित धिमालको नाममा एक-एक गोल गरे ।

प्रतियोगिताकै रोमान्चक खेलमा दुई गोलको अग्रता उल्टाएर काठमाडौंले उत्कृष्ट जित निकालेको थियो । 
जितसँगै काठमाडौंले ५ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

यससँगै काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । यस अघि धनगढी प्लेअफ पुगिसकेको छ ।
पराजित विराटनगरले ५ खेलमा ७ अंक जोडेको छ । विराटनगर तेस्रो स्थानमा रहेको छ ।

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, वैशाख २३, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्