site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रकम बढी असुल गरेका छैनौँ : ह्याम्स अस्पताल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालले आफूहरुले बढी शुल्क नलिएको स्पष्ट पारेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

“एकातर्पm गुणस्तरीय तथा इन्फेक्सन रहीत सेवा प्रदान गर्नु परेको छ भने अर्को तर्पm खर्चमा उल्लेख्य बृद्धि भएकोले अस्पतालले कोभिड–१९ का क्याविनमा बसेर उपचार गराउने विरामीबाट शुल्क थोरै बृद्धि गरेर लिनु परेको बाध्यता यहाँ खुलाउन चाहन्छौं,” उनले भनेका छन्, “तसर्थ कोभिड–१९ को उपचारमा बिरामीबाट यस अस्पतालले अधिक मात्रामा शुल्क असुल गरेको भन्ने कुरा असत्य तथा भ्रामक भएको जानकारी गराउन चाहन्छौं । साथै विभिन्न अस्पतालहरुले प्रदान गर्ने सेवाको वर्गीकरण गरी बैज्ञानिक ढंगले शुल्क निर्धारण हुनु पर्छ भन्ने अनुरोध पनि गर्न चाहन्छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

स्थापनाकालदेखि नै हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल)ले सेवाग्राही विरामीहरु लाई सर्वसुलभ रुपमा विश्वस्तरीय सेवा प्रदान गर्दैै आएको जारी विज्ञप्तिमा उल्लेख छ । 

“कोभिड–१९ ले सिर्जना गरेको यस भयावह परिस्थितीमा समेत यस अस्पताल तथा स्वस्थ्यकर्मीले रत्तिभर बिचलित नभई गुणस्तरीय सेवा प्रवाह गरिरहेका छन्,” उनले भनेका छन्, “आफ्नो दायित्व सम्झेर अठोट भावनाका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा समेत केही समाचार माध्यमहरु तथा सामाजिक संजालमा अस्पतालको सेवाशुल्कको विषयलाई विभिन्न स्वार्थका लागि नकारात्मक तथा भ्रामक समाचारहरु प्रकाशन गर्नु खेदपूर्ण तथा दुखद छ ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  २०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC