site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खेलाडीलाई घर फर्कन सास्ती
तस्बिर : बीसीसीआई ।
Sarbottam CementSarbottam Cement

बीबीसी । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थिगित भएको छ । गएको मंगलबारबाट आईपीएल स्थगित भएको हो ।

खेलाडी र टिम अफिसियलमा कोरोना संक्रमण देखिएपछि प्रतियोगिता स्थगित गरियो । त्यसको मारमा भने अष्ट्रेलियन खेलाडी परेका छन् । अष्ट्रेलियाले मे १५ सम्म सबै बोर्डर र हवाई उडान बन्द गरेको छ । खेलाडीहरु घर कसरी फकने भन्ने चिन्तामा छन् ।

यस्तो अवस्थामा अष्ट्रेलियन खेलाडीले केही दिन श्रीलंका वा माल्दिभ्समा समय बिताउने योजना बनाएका छन् । यदि, अष्ट्रेलिया सरकारले ३८ खेलाडीहरुलाई घर फर्कन अनुमति दिएको खण्डमा बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन्डिया (बीसीसीआई)ले चार्टर फ्लाइटको व्यवस्था गर्ने जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आईपीएलमा सहभागी अष्ट्रेलियन ब्याटिङ प्रशिक्षक मिके हुसे हाल कोरोना संक्रमित छन् । कोरोना संक्रमण देखिने उनी पहिलो अष्ट्रेलियन प्रशिक्षक हुन् । हुसे १० दिनको क्वारेन्टिनमा छन् । “उनको अवस्था अहिले केही सामान्य छ । उनले भारतमा राम्रो सहयोग पाएका छन्,” अष्ट्रेलियन क्रिकेटर टेन्ट ग्रेनबर्गले भनेका छन् ।

अब अष्ट्रेलियाका खेलाडी तथा प्रशिक्षकहरू घर फर्कनुभन्दा पहिले १४ दिनको क्वारिन्टिनमा बस्नुपर्नेछ । यसअघि, अष्ट्रेलिया सरकारले यस अवधिमा भारतबाट फर्कने सबैलाई जेल सजायसहित जरिवाना पनि गर्ने जनाएको थियो ।

Global Ime bank

क्रिकेट अस्ट्रेलियाका अन्तरिम प्रमुख कार्यकारी निक हकले सरकारबाट ‘कुनै खास किसिमको छुट’ नपाएको बताएका छन् । सरकारबाट कुनै किसिमको व्यवस्था हुन सक्ने विषयमा आफूहरू छलफलमा रहेको उनले बताए । खेलाडीहरूको विषयमा केही सोच्न लगाउने उनको भनाइ छ ।

अष्ट्रेलियाका तीन खेलाडी आदम जाम्पा, केन रिचर्डसन र आन्द्रे टेयले गएको अप्रिलमा नै प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए ।

अष्ट्रेलियन पेस बलर प्याट कमिन्सले यात्रा प्रतिबन्धले खेलाडीहरुलाई असहज भएको बताए । “घर फर्कन प्रतिबन्ध गर्दा खेलाडीहरूलाई घर फर्कन असज भएको छ,” कमिन्सले भने ।

उनले थपे, “हामीले १४ दिनको क्वारेन्टिनमा बस्ने भन्ने कुरामा सम्झौता गर्न तयार थियौँ । तर, यसरी कडा रुपमा बोर्डर बन्द हुँदा राम्रो भने लागेन,” कमिन्सले भने । भारतमा बुधबार मात्र तीन लाख ५५ हजारजनामा कोरोना संक्रमणको देखिएको थियो ।

अब भने अष्ट्रेलियन खेलाडीले घर फर्कनभन्दा पहिले केही दिन क्वारेन्टिनमा बस्ने योजना बनाएका छन् । त्यसका लागि बीसीसीआईले सहजीकरण गर्ने योजना बनाएको छ । खेलाडीले भने माल्दिभ्स र श्रीलंकालाई आफ्नो क्वारेन्टिन स्थलका रुपमा रोजेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC