site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने सरकारी निर्णयप्रति निजी क्षेत्रको आपत्ति
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । आउँदो साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ पुर्‍याउने निर्णयप्रति निजी क्षेत्रले आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसका दिन श्रमिकको पारिश्रमिक १५ हजार पुर्‍याउने घोषणा गरेका थिए ।

सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना राजपत्रमा प्रकाशित गर्‍यो । राजपत्रमा सूचना प्रकाशित गरेपछि त्यो कानुनसरह हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले चिया बगानबाहेकका श्रमिकका लागि १५ हजार पारिश्रमिक तोकेको हो । निजी क्षेत्रसँगको छलफलबिना नै कोरोना महामारीको बेलामा सरकारले पारिश्रमिक बढाएको भन्दै निजी क्षेत्रले विरोध जनाएको छ ।

सरकारको यो निर्णयको विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न अहिले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त रोजगारदाता परिषद्को बैठक बसिरहेको छ ।

Global Ime bank

सरकारले आफूहरुसँग कुनै छलफल नै नगरी यस्तो निर्णय गरेको भन्दै निजी क्षेत्रले आपत्ति जनाएको हो । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले सरकारले निजी क्षेत्रको सहमतिबिना नै यस्तो निर्णय गरेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पारिश्रमिक बढाउने विषयमा निजी क्षेत्रसँग कुनै सहकार्य नभएको बताए । “कोभिडका कारण उद्योगलाई रोजीरोटीको समस्या छ । ब्याज तिर्नेदेखि किस्ता तिर्ने समस्या छ । भयावह स्थितिमा छौँ । यो निर्णयले हामीलाई कठिन पायो,” उनले भने । सामान्य अवस्था भएको भए यसलाई सहज रुपमा लिन सकिने उनले बताए ।

अहिले श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ छ । सरकारले मासिक ९ हजार ३८५ र महँगी भत्ता ५ हजार ६१५ रुपैयाँ तोक्दै न्यूनतम १५ हजार रुपैयाँ पुर्‍याएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतले सरकारको पछिल्लो निर्णयका सन्दर्भमा सार्वजनिक वक्तव्य जारी गर्दै छन् । त्यसका लागि अहिले उनीबीच छलफल भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC