बाह्रखरी
भर्खरै
sticky  ncell
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
लकडाउनमा बालबालिकाको शिक्षा रोजी प्रधान श्रेष्ठ
बाह्रखरी - शुक्रबार, वैशाख १७, २०७८
Laxmi Bank
Laxmi Bank

कोभिड–१९ भाइरसको संकमण बढ्दै गएसँगै सरकारले देशका प्रमुख सहरमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएका क्षेत्रमा विद्यालयहरू बन्द भएका छन् । अझै कति समय बन्द रहने हो भन्ने अन्योलै छ । यस बन्दको समयमा कतिपय अभिभावकले आफ्ना साना नानीको पढाइ हुन नसकेको गुनासो गरेका छन् भने कतिले आफ्ना बालबालिकालाई सम्हाल्नै अप्ठेरो भएको महसुस गरेका होलान् । 

पक्कै पनि बालबालिकालाई पढाइबाट वञ्चित गर्नु ठीक होइन । सिकाइका केन्द्र भने अभिभावक नै हुन् । अहिले त झन् उनीहरुले औपचारिक शिक्षक शिक्षिकाको पनि थप भूमिकासमेत पूरा गर्नुपर्ने अवस्था आइपरेको छ । तर, घर विद्यालय र अभिभावक शिक्षक हुँदैनन् । किनभने घरमा पाइने न्यानोपन बालकले अन्यत्र पाउनै सक्दैनन् । 

घरमा शिक्षकजस्तो नबनी बालबालिकालाई कसरी सिकाउने भन्ने जिज्ञासा सबै अभिभावकमा पक्कै हुन्छ । साथै इन्टरनेट तथा मोबाइलविना नै पनि कसरी सिकाउने भन्ने पनि अहिलेको परिस्थितिमा उपयोगी हुन सक्छ । हामीले अप्ठेराबाटै सिक्दै जाने हो । अप्ठेरोलाई अवसरकै रुपमा लिनुपर्छ।  

Rohto Landing

Agani Group

विद्यालय वा शिक्षक केन्द्रित सिकाइको विकल्पका रुपमा बालकेन्द्रित सिकाइ लागू गर्ने यो उपयुक्त बेला हुनगएको छ ।

अहिलेको अवस्थाको सिकाइ वास्तविक सिकाइ हुनसक्छ । किनभने यस सिकाइमा परीक्षामा ध्यान दिएर पाठ सक्ने हतार रहँदैन । 

sarbottam cement

सिकाइ जहिले र जहाँ पनि भइरहन्छ । यो नियमित र प्राकृतिक प्रक्रिया हो । सिकाइका लागि कक्षा कोठा वा सामग्री नै आवश्यक पनि हुँदैन । बालबालिकालाई सिकाउन कुनै विषय लक्षित हुनु भन्ने पनि छैन । कुनै स्थान वा समय नै पनि चाहिँदैन । 

पढ्नुभन्दा सिक्नु धेरै महत्त्वपूर्ण हो । सानो नानी आमासँग भान्सामा रहेको बेला भान्सालाई नै विद्यालयको रुप दिन सकिन्छ । सबै विषयको शिक्षण सामग्री भान्सामा नै हुन सक्छ । त्यहाँ भएका भाँडाकुँडा थाल, चम्चाआदि प्रयोग गरी संख्या सिकाउन मिल्छ । भाडाको आकार तथा तौलबारे बुझाउन मिल्छ । तरकारी तथा मसलाको नाम बतााउन सकिन्छ । भाँडा बनेको पदार्थ जस्तै फलाम, तामा, सिसा सेरामिक आदि चिनाउन सकिन्छ । पानीको तरल, ठोस तथा बाफ अवस्था पनि त्यहीँ सिकाउन सकिन्छ । कस्तो प्रकारको खानामा कुन पौष्टिक तत्त्व पाइन्छ भनेर पनि बताए हुन्छ ।

यसरी एउटा कुनै वस्तु वा स्थानको वरपर रहेर धेरै विषयको ज्ञान बच्चाले पाउँछन् । साथै यस तरिकाको सिकाइबाट बालबालिकालाई अल्छी पनि लाग्दैन । कुनै कुरा पढाउँदा वा सिकाउँदा बालबालिकालाई पढाएजस्तो महसुस भयो भने उनीहरूलाई पढ्न मन लाग्न छोड्छ । त्यसैले पढ्ने भन्ने शब्दका सट्टा खेल्ने शब्द प्रयोग गरे बेस हुन्छ । हामी भन्न सक्छौ – ल अब क ख ग घ लेख्ने खेलौँ । लेख्नका लागि पनि कपी कलम नै चाहिन्छ भन्ने हुँदैन । एउटा थालमा सुजी वा कुनै प्रकारको पीठो, दालजस्तो कुरा राखेर साना बालबालिकालाई औँलाले लेखाउँदा, उनीहरुको बुझाइको सीप विकसीत हुन्छ भने अक्षर पनि लेख्न सिक्छन् । यसरी प्रयोग गरिने थाल तथा दाल दिनैपिच्छे बदली दिँदा बालबालिकामा उत्सुकता पनि रहिरहन्छ । 

विद्यालयमा पाठ्यक्रमभित्र रहेर पढाइन्छ । अहिलेको समयको सदुपयोग गरेर हामीले हाम्रा नानीबाबुलाई आफू बस्ने ठाउँको वातावरण तथा सेरोफेरोलाई आधार बनाएर शिक्षा दिन सक्छौँ । आफ्नो ठाउँ, संस्कृति, त्यहाँको चलन, प्रक्रिया तथा प्राकृतिक बनोटलाई आधार मानेर दिएको शिक्षा व्यावहारिकरुपमा दैनिक जीवनमा प्रयोग गर्न सक्छन् । बाटो नपुगेको गाउँको साना बालकलाई ट्राफिक नियम पढाउनुभन्दा भिर पहरामा कसरी सुरक्षित भएर हिँड्नुपर्छ भनेर सिकाउनु उपयोगी हुन्छ । यसैगरी, हामीले  अन्य विभिन्न व्यावहारिक ज्ञान पनि दिन सक्छौँ ।  नत्र, जीवनमा प्रयोग नहुने शिक्षामा बालबालिका रमाउन सक्दैनन् । 

हामीले घरमा गर्ने सबै क्रियाकलाप बालबालिकाका लागि सिकाइ बन्न सक्छ । उदाहरणका रुपमा आमाले सानो नानीलाई सुन्तला खुवाउँदै पनि गणित, अंग्रेजी, सामाजिक शिक्षा, विज्ञान आदि थुपै विषय सिकाउन मिल्छ । एउटा सुन्तलाबाट आकार, रंग, स्वाद, गंधजस्ता ज्ञानेन्द्रीयको ज्ञान बालकले लिन सक्छ । सुन्तला फल्ने समय बारे बताउँदा चारवटा मौसम हुन्छ पनि भन्न सकिन्छ । सुन्तला बियाँबाट रोपिने बारे सिकाउन सकिन्छ । मल हाल्दा सुन्तलाको बिरुवा ठूलो हुन्छ भनेर बुझाउँदै गर्दा रासायनिक मलभन्दा प्रांगारिक मल बालीका लागि ठीक हुन्छ भन्ने बुझाउन सकिन्छ । प्रांगारिक मलको सँगै फोहर व्यवस्थापनका बारेमा भन्न सकिन्छ । 

घरमा अरु बालक छन् भने बाँडेर खानुपर्छ भनेर ज्ञान दिन सकिन्छ । सुन्तला खाँदै गर्दा नै फलफूलको भाग तथा विरुवाको भाग बारे बालकले सिक्छ । साथै सरल भाषामा खाना मुखबाट गएर के हुन्छ भनेर पाचन प्रणालीको बारेमा बुझाउन सकिन्छ। यसरी एउटै वस्तुबाट पनि हामीले साना नानीहरुलाई जीवन उपयोगी शिक्षा दिन सक्छाैँ।

अन्त्यमा, अहिलेको परिस्थितिले उब्जाएको मानसिक तनाव बच्चामा नपोखाैँ । बच्चालाई गाली नगरौँ । असल नागरिक बन्ने शिक्षा दिऊँ । धेरै माया दिउँ । आजका चकचके बालक नै त भोलिको समाज निर्माता हुन् । 

(संस्थापक प्रिन्सिपल, शुभारम्भ प्री स्कुल, नागार्जुन)

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, वैशाख १७, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्