site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
नयाँ अन्तरिक्ष केन्द्र बनाउँदै चीन, गर्‍यो पहिलो मोड्युल प्रक्षेपण
Sarbottam CementSarbottam Cement

बेइजिङ । आफ्नै नयाँ अन्तरिक्ष केन्द्र बनाउन लागेको चीनले केन्द्रको पहिलो मोड्युल (मुख्य भाग) प्रक्षेपण गरेको छ । अन्तरिक्षयात्रीका लागि बस्ने स्थान रहेको टियान्हे मोड्युल चीनले वेनच्याङ अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरेको बीबीसीले जनाएको छ ।

अहिले पृथ्वीको परिक्रमा गरिएको एक मात्र अन्तरिक्ष केन्द्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)हो । जसको प्रयोगमा चीन वञ्चित रहँदै आएको छ । रुस, अमेरिका, क्यानडा, युरोप र जापानले संयुक्त रुपमा यसको निर्माण गरेका थिए । सन् २०२४ देखि आईएसएसको आयु सकिँदै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०२२ सम्ममा अन्तरिक्ष केन्द्र सञ्चालनमा ल्याउने लक्ष्यसहित चीनले काम गरिरहेको छ । ६६ टन तौलको यो यान कम्तीमा १० वर्षका लागि सञ्चालनमा रहने जनाइएको छ । अन्तरिक्ष अन्वेषणमा चीनले निकैपछि मात्र हात हालेको हो । रुस र अमेरिकापछि सन् २००३ मा मात्र चीनले पहिलोपटक अन्तरिक्ष यान पठाएको हो ।

चीनले अहिले प्रक्षेपण गरेको यो पहिलो मोड्युलको लम्बाइ १६.६ मिटर र चौडाइ ४.२ मिटर रहेको जनाइएको छ । केन्द्र निर्माण गर्न आवश्यक पर्ने अन्य उपकरणसहित कम्तीमा अन्य १० प्रक्षेपण छिट्टै गर्ने चीनले जनाएको छ । पृथ्वीको ३४० देखि ३५० किलोमिटरको उचाइबाट अन्तरिक्ष केन्द्रले परिक्रमा गर्ने्छ ।

Global Ime bank

आईएसएसको आयु सकिनै लाग्दा रुसले समेत सन् २०२५ सम्ममा आफ्नै अन्तरिक्ष केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC