site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

जनतालाई महामारीबाट 'जोगाउनु अपनाइएका उपायका कारण कोही भोकभोकै मर्ने अवस्था उत्पन्न हुनु हुँदैन भन्ने विषय सबै तहका सरकार, मानवीय सहायतामा संलग्न व्यक्ति र संस्था तथा सञ्चार माध्यमको प्राथमिकतामा पर्नुपर्ने थियो । तर, अहिलेसम्म परेको देखिएन ।

हिँडडुल गर्न पनि नपाउने गरी निषेध गरिएपछि दिनहुँ निबेक गरेर छाक टार्नेहरू अब कति दिन भोकै बस्नुपर्ने हो रु दिनहुँ कमाएर गुजारासम्म चलाउनेसँग बचत त यसै पनि हुँदैन । तिनलाई कसैले सहायता नदिए भोकैले ज्यान लिन्छ । 

पोहोर बन्दाबन्दीका बेला खान नपाएकै कारण अकालमा ज्यान गुमाउने मलर सदा, सूर्यबहादुर तामाङहरू यसैका उदाहरण हुन् । यद्यपि, राज्यको ढुकुटीबाट भने मानवीय सहायता वितरणकै लागि अर्बौं रुपियाँ खर्च भएको विवरण दिइएको थियो ।

Dabur Nepal

विडम्बना, निषेधाज्ञा जारी गर्ने गराउने कसैले पनि फेरि भोकै मर्ने अवस्था  आउनसक्छ भन्ने सोचेको देखिएन । सरकारले बेवास्ता गरेकैले अहिलेसम्म राज्य वा अरू संस्थाले दिनहुँ काम नगरे गुजारै नचल्नेहरूका लागि प्राण धान्न आवश्यक मानवीय सहायता उपलब्ध गराउने तत्परता नदेखाएका हुन् कि ?

मानवीय सहायताविना प्राण धान्न नसक्ने अवस्थामा हुनेहरू प्रायः निमुखा र पहुँचहीन हुन्छन् । तीमध्ये कतिपय त हिँडडुल गर्न पनि नसक्ने हुनसक्छन् । यस्तो अवस्थामा हुनेहरूलाई शासक वा अरूले बेवास्ता गरे पनि रेडक्रसजस्ता मानवतामा समर्पित संस्थाले हेरविचार गर्ने प्रचलन थियो । 

नेपालमा भने रेडक्रसले समेत मानवीय सहायता उपलब्ध गराउने काम बिर्सेजस्तो छ । दलगत भागबन्डाका आधारमा सरकारले नियुक्त गरेका जागिरे पदाधिकारीले रेडक्रसको आदर्श र स्वयंसेवीको समर्पण नदेखाउनु सायद आश्चर्यको विषय पनि होइन ।
यद्यपि, रेडक्रस नेतृत्वले कर्तव्य बिर्से पनि कर्मचारी र स्वयंसेवक त संवेदनशील हुनुपर्ने थियो ।

अन्नकै अभाव हुनसक्ने दुर्गम गाउँहरू र भावनाकोसमेत अनिकाल पर्ने सहरहरूमा मानवीय सहायताको खाँचो बढी हुन्छ । काम नपाउनेबित्तिकै भोकै पर्नेहरू सहरका चिसा छिँडीमा अन्नपानी नपाएर छटपटाएको कसैले थाहै नपाउने अवस्था पनि हुन्छ ।  

निषेधाज्ञा कतिन्जेल लगाइन्छ सायद कसैलाई पनि थाहा छैन । यसैले स्थानीय तहहरूसँग समन्वय गरेर नेपाल सरकारले मानवीय सहयोग उपलब्ध गराउने कार्य तत्काल गरोस् । जनताको जीवन रक्षा सरकारको सबैभन्दा पहिलो र महत्त्वपूर्ण कर्तव्य हो ।

जनतालाई प्रत्यक्ष लाभ हुने काममा सरकारी कर्मचारीले प्रायः अल्झो झिक्छन् । भूकम्प वा पोहोरको अनुभव ताजै छ । गम्भीर अवस्थाको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री आयात गर्न कर छुट दिने निर्णय कर्मचारीले अल्झाउँदा अब सहुलियत कामै नलाग्ने हुनपुगेछ । यसैले राजनीतिक नेतृत्वले अग्रसरता लिनसपर्छ । कम्तीमा यति एउटा पुण्यको काम त गर १  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro