site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी केन्द्रमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलितकाे प्रतिनिधित्व अनिवार्य गरिने
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय कमिटीदेखि वडा कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । राष्ट्रिय महाधिवेशन अगावै त्यसलाई लागु गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकरी दिए । 

आज बसेको स्थायी कमिटी बैठकले पार्टीको अन्तरिम विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा प्रस्ताव गर्नेगरी पारित गरेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै केन्द्रीय कमिटीमा कम्तिमा १५ प्रतिशत र प्रदेश, जिल्ला र पालिकामा २ प्रतिशत  दलितको प्रतिनिधित्व थपिने उनले बताए । उनकाअनुसार दलित समुदायलाई विशेष अधिकार दिएर सबै कमिटीमा प्रतिनिधित्व गरिने छ । 

त्यस्तै ४० वर्ष उमेर समूहका २० प्रतिशत युवालाई सबै कमिटीमा राखिने उनले बताए । 

Global Ime bank

त्यस्तै पार्टीको सबै कमिटीको पादधिकारीमा एक जना महिला राख्ने निर्णय गरेको उनले बताए । केन्द्रीय कमिटी २९९ जनाको  हुने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement