site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
कतार एयरवेजद्वारा स्वच्छता व्यवस्था सुधारका लागि अत्याधुनिक प्रविधि जडान
Sarbottam CementSarbottam Cement

काठमाडौं । कतार एयरवेज आफ्नो उडानमा स्वच्छता व्यवस्था सुधार गर्ने क्रममा हनिवेलको अल्ट्रा भायलेट (यूभी) क्याबिन सिस्टम भर्जन २.० जडान गर्ने विश्वकै पहिलो एयरलाइन्स बनेको छ ।

कतार उड्डयन सेवा (क्यूएएस) को स्वामित्व रहेको र उक्त सेवाद्वारा सञ्चालित हनिवेल यूभी क्याबिन सिस्टमको सबैभन्दा नयाँ संस्करण यसको पूर्ववर्तीको तुलनामा थप सहजता वृद्धि गर्न, विश्वसनीयतामा सुधार ल्याउन, गतिशीलता बढाउन र यसको प्रयोगको सहजताका लागि जडान गरिएको एयरवेजले जनाएको छ । बिनामोटर स्वचालित यस उपकरणले कम ब्याट्री खपत गर्ने जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

क्लिनिकल परीक्षणहरूमा यूभी लाइटलाई राम्रोसँग प्रयोग गर्दा यसले विभिन्न भाइरस र ब्याक्टेरियाहरू निस्क्रिय पार्ने देखिएको पनि जनाइएको छ ।

हनिवेल यूभी क्याबिन सिस्टम भी २ को पछिल्लो संस्करणको १७ युनिटहरु प्राप्त गरेपछि सबै कतार एयरवेजको विमानमा उक्त उपकरणहरूको व्यापक परीक्षण गरिएको जनाइएको छ । एयरलाइन्सले यस नयाँ उपकरणलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा सबै विमानमा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC