site stats
बाह्रखरी :: Baahrakhari
खेल
सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता 

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपाल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २०७ रनको बलियो लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले आफ्नो पहिलो विकेट गुमाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिए । सन्दीपले दोस्रो ओभरको तेस्रो बलमा म्याक्स ओ’डोडलाई एलबीडब्लु आउट गराएका हुन् । ओ’डोड ९ रन बनाएर आउट भए ।

यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको थियो ।

आजको खेलमा नेपाल जित निकाल्दै फाइनलमा पुग्ने योजनामा छ । नेपाल यसअघिका दुई खेलमा विजयी भएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १५:२६
प्रतिक्रिया दिनुहोस्