site stats
बाह्रखरी :: Baahrakhari
देश
बाँकेमा ६३१ जनाको नमुना परीक्षण गरिएकोमा ३२२ को नतिजा काेराेना पोजिटिभ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । बाँकेमा साेमबार ३२२ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका तीन वटा प्रयोगशालमा भएको परीक्षणमा सोमबार राति साढे १० बजेसम्म ३२२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६३१ जनाको नमुना परीक्षण गरिएकोमा ३२२ को नतिजा पोजिटिभ देखिएको हो । 

पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा २१९, बागेश्वरी डाइग्नोस्टिकमा ३७ र नेपालगन्ज मेडकल कलेजमा ६६ जना कोरोनाको संक्रमण देखिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  २३:२७
प्रतिक्रिया दिनुहोस्