site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

अन्ततः कोभिड-१९ को सङ्क्रमण नियन्त्रणका लागि नेपाल सरकारले काठमाडौं उपत्यकालगायत ठूला सहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । जनस्वास्थ्य विद्हरूले भारतको अवस्था र नेपालको प्रवृत्तिको विश्लेषण गरेर केही दिन पहिले नै स्थिति भयावह हुनसक्ने चेतावनी दिएका थिए ।

सम्भवतः विशेषज्ञहरूकै सल्लाहका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिन पहिले नै सहरी क्षेत्रका विद्यालय बन्द गर्नेलगायतका सावधानीको उपाय अपनाउन जनतालाई ‘आह्वान’ गरेको थियो । तर, स्वास्थ्य मन्त्रालयको आग्रहलाई शिक्षा मन्त्रीले सार्वजनिकरूपमै ‘खिल्ली’ उडाए । एक साता पहिले नै हुनुपर्ने निर्णय बल्ल भयो ।

Agni Group

भारतमा अहिले सङ्क्रमितको सङ्ख्या दैनिक दुई लाख नाघिसकेको छ । नेपालसँग सीमा जोडिएका भारतका राज्यहरूमा गत वर्षभन्दा तीव्र गतिमा सङ्क्रमण फैलिएको छ । महामारीको बेवास्ता गर्दै उत्तरप्रदेशमा कुम्भको मेला लगाइयो  स्वाभाविकरूपमा कुम्भ मेलाका सहभागीमा सङ्क्रमण फैलियो । मेलामा नेपालका तत्कालीन राजा पनि पुगेका थिए । उनको स्वागत सत्कार गर्नेमध्येका एक उत्तरप्रदेशका मुख्यमन्त्री कोभिड - १९ बाट सङ्क्रमित भए । 

नेपालको अर्को सीमावर्ती राज्य पश्चिम बंगालमा राज्य विधान सभाको निर्वाचन भइरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले सङ्क्रमणको खतराको बेवास्ता गरी चुनाव प्रचारमा व्यस्त भएका छन् । अर्कातिर, भारतमा सङ्क्रमण र मृत्यु दर भने भयावहरूपमा बढ्दै गएको छ । दुर्भाग्य, राजनीतिक स्वार्थलाई जनताको जीवनलाई भन्दा बढी महत्त्व दिइयो । त्यसको प्रतिच्छायाबाट नेपाल पनि जोगिन सकेन ।

Global Ime bank

काम खोज्न भारत पसेकाहरू आपत् परेपछि घर फर्कनु स्वाभाविकै हो । तर, तिनले सङ्क्रामक भाइरस पनि सँगै लिएर आएका हुनसक्छन् । यसैले तिनको परीक्षण गर्ने र आवश्यक भए एक्लै राखेर सङ्क्रमण मुक्त बनाउने कार्यमा सरकार केही दिन पहिले नै सक्रिय भइसक्नुपर्थ्यो । तर, गएको वर्ष गरेकै गल्ती फेरि दोहोरियो ।

यस सरकारले अब पनि पुराना गल्ती दोहोर्‍याउँदैन भनेर ढुक्क हुन सकिँदैन । विशेषगरी प्रधानमन्त्री र उनका अधिकांश मन्त्रीको गैरजिम्मेवार बोली र व्यवहारले देशमा अझ भयावह अवस्था उत्पन्न भयो भने आश्चर्य हुनेछैन । ‘अन्धेर नगरीका चौपट राजा’ जस्ता ज्ञान र विज्ञानका वैरी शासकबाट अरू अपेक्षाा पनि के गर्न सकिन्छ र ?

कोभिड - १९ को सङ्क्रमण नियन्त्रणका प्रयास हेर्दा गत वर्षभन्दा स्वास्थ्य मन्त्रालय अपेक्षाकृत जिम्मेवार देखिएको छ । महामारीका समयमा प्रमुख भूमिका पनि यही मन्त्रालयको हुनुपर्छ । शिक्षामन्त्रीले जस्तो ‘विदूषक’ हुने र प्रधानमन्त्रीझैँ ‘सर्वजान्ने’ बन्ने दुस्साहस देखाउनबाट स्वास्थ्यमन्त्री जोगिउन् ! 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC