site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जनमोर्चाले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरू बिहीवारै अविश्वासको प्रस्ताव दर्ता गराउने तयारीमा थिए । तर,अगिल्लो दिनसम्म अविश्वास प्रस्तावको ‘डटेर सामना’ गर्ने हुँकार गरिरहेका मुख्यमन्त्रीले त बुधवार मध्यरातमै प्रदेश सभाको अधिवेशन अन्त्य गराई दिए । 

यही वैशाख ५ गते बस्नेगरी प्रदेश सभाको बैठक स्थगित गरिएको थियो । यसैबीच जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लियो । जनमोर्चाको समर्थन फिर्तासँगै सरकार अल्पमतमा पर्न गयो । बिहीवारै नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे र नेपाली का‌ग्रेस, माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीका २८ सदस्यले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

संसद्मा अल्पमतमा परिसक्दा पनि छलछाम गरेर सत्तामा टाँसिने गण्डकी प्रदेश सरकारले देखाएको प्रवृत्ति नैतिक र लोकतान्त्रिक दुवै आधारमा सही होइन । यथार्थमा पार्टीभित्रको आन्तरिक किचलोको रिसले संविधानै मिचेर प्रतिनिधि सभा विघटन गराइदिने प्रधानमन्त्री खड्गप्रसाद ओली प्रवृत्तिकै अर्को रूप गण्डकी प्रदेशमा देखापरेको हो ।

प्रदेश सभामा बहुमत गुमाएपछि सरकारको वैधानिकता पनि समाप्त हुन्छ । यसैले लोकतान्त्रिक मूल्य र नैतिक मर्यादाको हेक्का राख्ने राजनीतिक व्यक्ति कसैले पनि छलछाम गरेर अर्थात् रकमी उपाय अपनाएर सरकार चलाउन खोज्दैन । रकमी छलछाम गरेर सत्ता दिगो हुने पनि होइन ।

Global Ime bank

सरकारले लोकतान्त्रिक वैधताको सट्टा रकमी छलछामका आधारमा टिक्न र चल्न खोज्दा अराजकता,  भ्रष्टाचार र हुकुमी शासनको जोखिम बढ्छ । यसैले लोकतान्त्रिक राजनीति पारदर्शी र नैतिक हुनु जरुरी हुन्छ । अविश्वासको प्रस्ताव आउने डरले रातारात प्रदेश सभाको अधिवेशन अन्त्य गर्नु गण्डकी प्रदेश सरकारकै लागि प्रत्युत्पादक हुनसक्छ ।

पहिलो त यसले सरकार अल्पमतमा परेको पुष्टि भएको सन्देश जनमानसमा गयो । विपक्षीले विशेष अधिवेशन बोलाएरै पनि अविश्वासको प्रस्ताव पेस गरी सरकार हटाउन त सकिहाल्छन् । नेतृत्वकै नैतिक साख गुम्ने यो अभ्यास एमालेकै लागि महँगो पर्ने देखिन्छ । अर्को कुनै राजनीतिक वितण्डा नहुने हो भने सरकार छिटै नै ढल्ने त छँदैछ । *विपक्षीले प्रदेश सभाकाे विशेष अधिवेशन बोलाउन समावेदन गरी जो सकेका छन् ।

यसै पनि जेठमा प्रदेश सभाको बजेट अधिवेशन बोलाउनै पर्छ । यसरी छलछाम गर्नुको सट्टा चालु अधिवेशनमा छिनोफानो गर्न दिइएको भए बजेटको तयारी पनि राम्रै हुनेथियो । अब न अहिलेको सरकार बजेटका लागि गम्भीर हुनसक्छ न अर्को सरकारका लागि समय नै हुन्छ । प्रकारान्तरले यो रकमी छलछाम गण्डकी प्रदेशकै लागि प्रत्युत्पादक हुन पुग्यो ।

सरकारको रकमी छलछामकाे प्रतिवाद अब विपक्षीहरूले  कसरी गर्छन् भन्ने  अहिले अड्कलको विषयमात्र हो । परन्तु, विपक्षी पनि सरकारजस्तै रकमी हुन खोजे वा अनैतिक र अलोकतान्त्रिक अभ्यासमा लागे भने देशका लागि त्यो थप पीडाको विषय हुनेछ । सत्ता पक्षले निराश र आक्रोशित बनाएका जनतालाई प्रतिपक्षले सान्त्वना दिन सक्ला त ? 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC