site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वैशाख ४ गते दोस्रो गुडविल मार्केट 

काठमाडौं । नेपाली उत्पादनलाई प्राथमिकता दिने उद्देश्यसहित ललितपुरको कनिवहालस्थित होटेल गुडविलले दोस्रो गुडविल मार्केट आयोजना गर्ने भएको छ । आउँदो वैशाख ४ गते दोस्रो गुडविल मार्केट आयोजना गर्न लागिएको हो ।

म्हसिका एजुकेसन एन्ड इन्टरटेन्मेन्टको सहकार्य रहेको कार्यक्रममा नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ र ललितपुर हस्तकला महासंघको सहयोग रहनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभिन्न स्थानिय उत्पादन तथा खानाका स्टल रहने उक्त बजारमा बुद्धिष्ट आर्ट ग्यालरीको चित्रकला प्रदर्शनी पनि रहने जनाइएको छ ।

विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि त्यहाँ रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ०९:३२
प्रतिक्रिया दिनुहोस्