site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साहित्यकार विजेता चौधरीको कथा संग्रह ‘कर्फ्यु’ विमोचित

मैथिली भाषाकी युवा साहित्यकार तथा पत्रकार विजेता चौधरीको कथा संग्रह विमोचित भएको छ । नवारम्भ प्रकाशनद्वारा प्रकाशित ‘कर्फ्यु’ मैथिली कथा संग्रह विमोचित भएको हो ।

नेपाल पत्रकार महासंघमा सोमबार आयोजित एक कार्यक्रममा मैथिली साहित्यकी वरिष्ठ साहित्यकार रूपा धीरू झाले उक्त संग्रह लोकार्पण गरेकी हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साहित्यकार झाले ‘कर्फयु’ कथा संग्रह प्रत्येक मिथिला–मधेसीको साझा कथाव्यथा रहेको बताइन् । उनले कथाकारको कलम परिस्कृत रहेको र उक्त संग्रह सबै मैथिली भाषीले पढ्नु पर्ने जिकिर गरिन् ।

कार्यक्रममा संग्रहमाथी साहित्यकार विभा झा र कंचना झाले समीक्षा प्रस्तुत् गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ०६:५६
प्रतिक्रिया दिनुहोस्