site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वास्थ्य सावधानी अपनाएर सेतो मच्छिन्द्रनाथको रथयात्रा गरिने, यस्ताे छ तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना महामारीका कारण अलमलमा परेका काठमाडौं उपत्यकाका विभिन्न जात्राहरू यसवर्ष स्वास्थ्य सावधानी अपनाएर मनाइँदैछन् । यसैक्रममा काठमाडौंको ठूलो जात्रामध्ये एक सेतो मछिन्द्रनाथको रथयात्रा पनि स्वास्थ्य सुरक्षा अपनाएर संचालन गरिने भएको छ ।

सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष नीलकाजी शाक्यको संयोजकत्वको कोरोना महामारीबाट जोगिन स्वास्थ्य सावधानी अपनाएर जात्रा मनाउने निर्णय गरेको हो ।

रथजात्रा व्यवस्थापनका लागि समितिले विभिन्न उपसमितिहरू पनि गठन गरेको छ । स्वयंसेवक, स्काउट, रेडक्रस, सुरक्षा निकाय समन्वय, विपद् व्यवस्थापनलगायत विभिन्न संघसंस्था एवं क्लबको समन्वय गर्न गणपतिलाल श्रेष्ठको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी सांस्कृतिक बाजा खलकहरूसँग समन्वय गर्न पंच महर्जनको संयोजकत्वमा अर्को उपसमिति पनि गठन गरिएको छ ।

रथयात्राको रुट निरीक्षण, स्वास्थ्य सेवा परिचालन, सडक विभाग, विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरणसँग समन्वय गर्न अमित वज्राचार्यको संयोजकत्वमा उपसमिति पनि गठन गरिएको छ ।

Global Ime bank

यसैगरी रथ निर्माणको निरीक्षण, गुठी संस्थानसँग समन्वय गर्न सत्यनारायण डंगालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ भने घःमाः, चुकूको व्यवस्थापनको लागि नरेश महर्जनको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम हटाउन जात्रा अवधिभर आवश्यक स्वास्थ्य सामग्री तयारीको लागि मछिन्द्र क्लवको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

प्रचारप्रसार र सञ्चार माध्यम संयोजन गर्न राजीव राजोपाध्यायको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । जात्रामा महिला सहभागिताको लागि नानीहेरा महर्जनको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

गठित सम्पूर्ण उपसमितिहरूको बैठक वैशाख ५ गतेभित्र सम्पन्न गर्ने निर्णय पनि व्यवस्थापन समितिले गरेको छ । सोमबार रथ तान्ने स्वयंसेवकहरूको बैठक बस्न लागेको छ ।

जात्राको संयोजक शाक्यको नेतृत्वको टोलीले गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी जात्राको पहिलो दिन असन जात्राको अवसरमा राष्ट्रपतिलाई मछिन्द्रनाथको दर्शनार्थ अनुरोधपत्र पनि हस्तान्तरण गरिसकेको छ ।

गत वर्ष कोरोना भाइरस संक्रमणको कारण सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित भएको थियो । यस वर्ष स्वास्थ्य सुरक्षा अपनाएर जात्रा सुचारु गर्ने निर्णय भएपछि काठमाडौंमा जात्राको लहर पुनः सुरु भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  २०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय