site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोभिडको दोस्रो लहर : बुझेकाहरूबाटै मापदण्ड उल्लंघन
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल टेलिकमअन्तर्गतका कुनै पनि कल गर्दा पहिलो आवाज सुनिन्छ– मानिसको भीडभाड हुने कुनै पनि कार्यक्रम नगरौं, व्यक्तिहरूबीच २ मिटरको दुरी अनिवार्य कायम गरौं । अधिकांश सार्वजनिक कार्यालयमा सूचना टाँसिएको छ– भीडभाड नगरौं जनस्वास्थ्यका मापदण्ड पालना गरौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पछिल्लो समय दिनहुँजसो जारी हुने सार्वजनिक सूचनामा भन्ने गरिएको छ– बढ्दो जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाऔं । 

विद्यालयस्तरमा संक्रमण बढेपछि सबैखाले शैक्षिक संस्था तीन साताका लागि बन्द गर्न मन्त्रालयबाट मन्त्रिपरिषद्समक्ष सिफारिस समेत गरिएको छ । सार्वजनिक समारोहमा २५ जनाभन्दा बढी भेला नहुन मन्त्रालयले अनुरोध गर्दै आएको छ । २५ जनासम्मको जमघटमा समेत स्वास्थ्यका मापदण्डलाई अनिवार्य पालना गर्न मन्त्रालयले निर्देशन दिएको छ । तर तिनै सरकारी निकाय र नेतृत्व तहबाटै जनस्वास्थ्यका मापदण्ड पालना नहुने गरेको देखिएको छ ।

नेतृत्व तहबाटै उल्लंघन हुँदै जनस्वास्थ्यको मापदण्ड
आगामी वैशाख १ गते राष्ट्रपति भवन शतिलनिवासमा एक समारोह हुँदैछ, जहाँ विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्दै छिन् । सो समारोहबारे निर्णय उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक समेत रहेका ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिले नै गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री केपी शर्मा ओली गत बुधबारयता लगातार तीनवटा उद्घाटन समारोहमा सहभागी भए, जहाँ उनका कोभिड–१९ को औषधि, रोकथामदेखि लकडाउनसम्मका प्रसंगले चर्चा पाए । शनिबार नेपाल उद्योग वाणिज्य महांसघको ५५औं वार्षिकोत्सवको उद्घाटन गर्दै ओलीले भने “सावधानी अपनाएनौं भने फेरि हामी लकडाउनमा पुग्दैनौं भन्ने कुनै ग्यारेन्टी हुँदैन । संक्रमण कति नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा हाम्रो व्यवहारमा निर्भर हुन्छ ।” त्यतिबेला उनी ३०० भन्दा बढी मानिसहरू भेला भएको कार्यक्रममा सहभागी भएर बोलिरहेका थिए । 

गत आइतबार खनाल नेपाल पक्षको काठमाडौं जिल्ला कमिटी भेलामा बुद्धनगरको एक पार्टी प्यालेस भरिएको थियो । शनिबार माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेलामा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार गृहजिल्ला चितवन पुगे । दाहाल दिनभर जिल्लामा भएका विभिन्न कार्यक्रममा सहभागी भए । 

Global Ime bank

एकातिर सरकारले कोरोनाको दोस्रो लहरबाट जोगिन स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिरहेको छ भने अर्कोतिर तिनै सरकारका अधिकारीसहित शीर्ष नेताहरू सयौंको उपस्थितिमा हुने कार्यक्रममा सहभागी भइरहेका छन् ।

कोभिड–१९ संक्रमणको सबैभन्दा धेरै सूचना प्रवाह गरिरहेका पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको भर्खरै सम्पन्न निर्वाचनमा काठमाडौं जिल्लाबाट मात्रै १२०० जना मतदाता थिए । मतदानस्थलमा उमेदवार, समर्थक र स्वयंसेवकको उपस्थितिले दुईदिनको माहोल भिडभाडमय बनायो । 

शनिबार भक्तपुरमा हजारौंको सहभागी भएर बिस्का जात्रा बनाए । भिडमा दुरी कायम हुने  त परकै कुरा अधिकांशको अनुहारमा मास्क पनि देखिएन । 

सार्वजनिक सेवामा रहेका कर्मचारी, शिक्षक दिनदिनै संक्रमित भइरहँदा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कर्मचारी र सेवाग्राहीको बाक्लो उपस्थितिमा केही हेरफेर भएको छैन । 

जनस्वास्थ्यका मापदण्ड पालनाको अनुगमन खोइ ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न पटक–पटक आग्रह गर्दै आएको छ । १०० भन्दा बढी संक्रमित देखिएका साना र ५०० भन्दा बढी संक्रमित देखिएका ठूला सहरहरूमा आवागमन कडाइ गर्न स्थानीय प्रशासनलाई अनुरोध गरिएको छ । तर संक्रमणको हटस्पट बनेको काठमाडौं (जहाँ दैनिक २०० भन्दा बढी संक्रमित भेटिएका छन्) मा न अनुगमन भइरहेको न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको छ । 

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा भन्छन् “बाहिरी जिल्लाहरूमा डीसीसीएमसी (जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ) लाई नियम लागु गर्ने र नियमन गर्ने जिम्मा दिइएको छ । काठमाडौं उपत्यकाको हकमा अहिले रात्रिकालीन व्यवसायमाबारे अनुगमन सुरु भएको छैन । के गर्ने भन्ने निर्णय पनि सीसीएमसीमार्फत् नै हुने हो ।” 

तर उपप्रधानमन्त्री ईश्वर पोखरेल स्वयम् संयोजक रहेको सीसीएमसलिाई संकट व्यवस्थापनबारे अन्तिम निर्णय गर्ने अधिकार छैन । शैक्षिक संस्था भौतिक रूपमा बन्द गर्ने, रात्रीकालिन व्यवसाय ९ बजेपछि बन्द गर्ने, सीमा नाकामा कडाइ गर्नेजस्ता जस्ता सिफारिस सीसीएमसीले गरेपनि मन्त्रिपरिषद्बाट पास हुन बाँकी छ । शनिबार गरिएका सिफारिसहरू सोमबार मन्त्रपिरिषद्मा पेश भई अन्तिम टुंगो लाग्ने सीसीएमसीका एक सदस्यले बताए ।  

नेतृत्व नै जिम्मेवार बन्नुपर्छ
विश्व स्वास्थ्य संगठनले कुनैपनि मुलुकमा एउटै संक्रमणबाट एक हजारभन्दा बढी संक्रमित भएको अवस्थालाई महामारीको रूपमा परिभाषित गरेको छ । नेपालमा अहिले देखिएको बढ्दो दर नियन्त्रण नभए कोभिड–१९ को महामारीको छिट्टै फैलिन सक्ने विज्ञहरूले आँकलन गरेका छन् । 

जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे महामारी नियन्त्रणका लागि सरकार, नेतृत्व तह र जनस्तर गरी तीनै तह जिम्मेवार हुनपर्ने बताउँछन् । “स्वास्थ्य मन्त्रालयका सिफारिस, अन्य मन्त्रालयले मनन गर्नुपर्‍यो गृहले त्यसलाई कार्यान्वयनमा लैजानुपर्‍यो । अहिले मन्त्रालयलहरूबीच समन्वय नभएको देखिन्छ । संक्रमण फैलिएला अनि कडाइ गरौंला भनेर बस्ने अवस्था छैन महामारी नियन्त्रणका लागि अहिले उपयुक्त समय हो, यतिबेला राज्यले ठोस निर्णय लिनु जरुरी छ,” डा. पाण्डेले भने, “पछिल्लो समय हुने गरेका राजनीतिक भेला, सभा, जस्ता कार्यक्रमले राजनीतिक दल र नेतृत्व नै संक्रमणप्रति बेपर्बाह भएको देखाउँछ, कमसेकम नागरिकलाई मापदण्ड मान्नुपर्छ भनेर प्रोत्साहित गर्न भएपनि नेतृत्व तह जिम्मेवार हुनपर्ने देखिन्छ ।” 

जनस्तरमा सजग बनौं, स्वास्थ्यका मापदण्ड नबिर्सौं
पछिल्लो समय नेपालमा देखिएको युके भेरियन्ट सामान्य कोभिड–१९ को भाइरसभन्दा ७० गुणा संक्रामक भएको वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । संक्रामक मात्रै नभई यो भाइरसको मृत्युदर पनि उच्च छ । त्यसैले पनि यसपटक संक्रमण समुदायस्तरमा फैलिने जोखिम उच्च रहेको डा. पुनको भनाइ छ । संक्रमण समुदायस्तरमा फैलिन नदिन जनस्वास्थ्यका मापदण्डलाई नबिर्सिन, खोप लगाएकाहरूले पनि अनिवार्य मास्क लगाउन र भिडभाड हुने स्थलमा सकेसम्म नजान डा. पुनको सुझाव छ । 

अघिल्लो चरणको महामारीमा नेपालमा सबैभन्दा धेरै ६५ बर्ष माथिका नागरिकको मृत्यु भएको थियो । तर यो चरणमा कोभिड–१९ संक्रमितमध्ये १८ प्रतिशत बालबालिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । यस हिसाबले बालबालिका र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न, घरका अन्य सदस्यले उनीहरूको दृष्टीकोणबाट पनि सुरक्षित रहन र स्वास्थ्यका सुरक्षित व्यवहार गर्न डा. पुनको सुझाव छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC