site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको नागार्जुनको जंगलमा आगलागी, हेलिकोप्टरबाट पानी खसाउने तयारी
फाइल तस्बिर

काठमाडौं । काठमाडौंको नागार्जुनको जंगलमा आगलागी भएको छ । अहिले केहीबेरअघिबाट त्यस क्षेत्रमा आगलागी भएको प्रहरीले जनाएको छ ।

अहिले स्थानीय, सेना, प्रहरी, सशस्त्रलगायतको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार आगलागी नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी खसाल्ने तयारी भइरहेको छ ।

यसअघि पनि ताप्लेजुङमा भएको आगलागीमा सिम्रिक एयरको हेलिकोप्टरबाट पानी खसालेर नियन्त्रणमा लिइएको थियो ।
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १५:०६
प्रतिक्रिया दिनुहोस्